आज रातिसम्म संशोधन दर्ता नभए आन्दोलन गर्ने गठबन्धनको निर्णय



आज रातिसम्म संविधान संशोधन प्रस्ताव दर्ता भएन भने संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासहितका दलहरू आवद्ध संघीय गठबन्धनले् आन्दोलनमा जाने चेतावनी दिएका छन ।
उनीहरुले आज प्रस्ताव दर्ता नभएमा सरकार गठबनका बेला भएको तीन बुँदे सहमतिको औचित्य समाप्त हुने चेतावनी दिएका छन्।
काठमाडौंको तीनकुनेस्थित संघीय समाजवादी फोरम नेपालको मुख्यालयमा आज बसेको गठबन्धनको बैठकले अल्टिमेटमभित्र सरकारले संशोधन प्रस्ताव दर्ता नगरे औचित्य समाप्त हुने र संघर्ष गर्ने निष्कर्ष निकालेको हो । बैठकपछि कुरा गर्दै राष्ट्रिय मधेस समाजवादी पार्टीका महासचिव एवम् प्रवक्ता केशव झाले अब आन्दोलनमा जानुको बिकल्प नरहेको बताए ।
उनले भने,गठबन्धनले दिएको समय आज रातिसम्म सकिदैछ,‘दर्ता भएन भने ३ बुँदेको औचित्य समाप्त हुन्छ । त्यसपछि आन्दोलन घोषणा गरेर सडक तताउने हो ।

तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर, सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो र राष्ट्रिय मधेस समाजवादी पार्टीका अध्यक्ष शरदसिंह भण्डारी विशेष कारणबस बैठकमा अनुपस्थित रहेकाले ठोस निर्णय नभए पनि बुधबारसम्म संघर्षका नयाँ कार्यक्रम घोषणा गर्ने गठबन्धनको तयारी छ ।
गठबन्धनले तत्कालका लागि एक महिने कार्यक्रम घोषणाको तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janamat health right side janta bank janata bank