रेखाले प्रचण्डलाई किन दिइन ‘डिभोर्स’ ?



काठमाडौ, २७ मंसिर
रेखा थापा नेपाली चलचित्रकी चल्तीकी नायिका हुन । उनको अभिनय कलाका कारण मात्र होइन, विवादास्पद अभिव्यक्तीका कारण संधै चर्चामा रहन सफल सेलिब्रेटी समेत हुन ।
उमेरमा आफु भन्दा झण्डै दोब्बर पाका छबिराम ओझासंगको एक दशक लामो बैवाहिक सम्बन्ध टुङग्याएकी थिइन । त्यसपछी उनको नाम विभिन्न पुरुषहरुसंग जोडिने गरेको थियो । नयाँ सम्बन्धका विषयमा भने उनले हालसम्म कुनै खुलासा गरेकी  छैनन् ।rekha1

यसपटक  उनले नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहालसंगको आठ वर्षे राजनीतिक तथा व्यक्तिगत सम्बन्ध भने टुङग्याएकी छिन् । व्यक्तिगत रुपले दाहालसंग राम्रो सम्बन्ध स्थापित गरेकी नायिका थापाले २०६६ सालमा सिंहदरवार अगाडी दाहालसंग कम्मर मर्काएर नाँचेको विषयले निकै चर्चा पाएको थियो । औपचारिक रुपले भने थापा दोश्रो संविधानसभाको निर्वाचनमा पर्सा क्षेत्र नम्बर १ बाट उम्मेदवार बन्नेगरी २०७० सालमा माओवादी प्रवेश गरेकी थिइन । निर्वाचन आयोगको मतदाता नामावलीमा नाम नभएपछी उम्मेदवार बन्न बाट बन्चित भएकी उनी माओवादीको पराजयसंगै पार्टीमा निष्क्रीय बन्दै गएकी थिइन ।

स्रोतका अनुसार नायिका थापाले सक्रीय राजनीतिमा आउन चाहेपनि माओवादी अध्यक्ष दाहालले उनका लागि वातावरण बनाउन सकेनन् । पटक पटक दाहालसंग भेटेर उनले त्यस विषयमा गुनाशो समेत पोखेकी थिइन । उनी निकट स्रोत भन्छ ‘पार्टी सानो भएपनि एक जना कलाकारलाई व्यवस्थापन सम्म पनि गर्न सक्नु भएन । पछिल्लो समय माओवादीको कुनै हैसियत नै नभएपछि  कमल थापा र कोमल ओलीसंगको परामर्शपछि राप्रपामा प्रवेश गर्ने निष्कर्षमा पुगेकी हुन ।’

दाहाल प्रधानमन्त्री भएपछी उनले भेट्ने कोशिस गरेकी थिइन । तर प्रधानमन्त्रीको व्यस्तताले उनको प्रयास सफल हुन सकेन । प्रधानमन्त्री दाहालले रेखालाई छोरी समानको व्यवहार गर्थे । भेटमा पारिवारिक गफहरु हुने गरेको रेखा निकटका एक कलाकारले बताए । अच्म्म त के भने दाहालको जन्मदिनको भोलीपल्टै राजनीतिक सम्बन्धलाई डिभार्स दिएर रेखाले राप्रपा प्रवेश गरेकी छिन । माओवादीका लागि रेखा थापा कुनै विषेश महत्वकी पात्र नभएपनि एक चल्तीकी नायिकाले सार्वजनिक कार्यक्रम नै गरेर पार्टी छाडेपछी बाहिर निकै धेरै चर्चा भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस

Bajaj below taja samachar
RITZ sports right side Janamat health right side Samsung health right side bottom Below blog adv