आउने बर्थडेमा खुसी साट्न पाउलान त प्रचण्ड ?



काठमाडौं १३ मंसिर । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आउने मंसिर २८ गते ६२ बर्ष पुरा गरेर ६३ मा लाग्नेछन् । यसअघिका दृष्ठान्त हेर्दा सायद उनी जन्मदिन मनाउने छैनन । तर संविधान संसोधनमा मधेसी मोर्चासहितका पक्षलाई सहमतिमा ल्याएर खुसी मनाउने योजना भने उनको पक्कै छ । जन्मदिन आउनुअघि नै संसोधन प्रस्ताव संसदबाट पारित गराइसक्ने ध्याउन्नमा उनी लागेका छन् ।

सशस्त्र युद्धसहित २८ वर्ष पार्टीको नेतृत्व गरेका प्रचण्डलाई यतिबेला दुई काम सम्पन्न गर्नुपर्ने अग्निपरीक्षा छ । पहिलो, सबै दलको सहमतिसहित संविधान संसोधन, दोस्रो सरकार रहँदा नै चुनाव गराएर पार्टीलाई बलियो पार्नु । तर समयले उनलाई किनारा धकेल्न थालेका दुई काम असम्भव देखिएका छन् । संविधान संसोधनको विषयलाई लिएर पार्टीचिभत्र र बाहिरबाट प्रचण्ड यतिबेला घेराबन्दीमा परेका छन् ।

प्रचण्ड निटकस्थहरुका उनसार उनी ६२ बर्षपार गर्दा ६३ चुनौतीको खातमा उभिएका छन् । केपी शर्मा ओलीबाट नेतृत्व आफुमा हस्तान्त्रण गर्दा नयाँ कामसहित त्यो भन्दा लोकप्रीयता कमाउने अभिलासा राखेका प्रचण्ड अहिले संविधान संसोधनको बाटोमा अल्झिएर लड्ने अवस्थामा पुगेको राजनीतिक विश्लेष श्रीकृष्ण अनिरुद्ध गौतमको विश्लेषण छ । ‘अहिले प्रचण्डलाई भरभन्दा डर देखाउने धेरै छन’ उनका एक सहयोगीले भने ‘कांग्रेससमेत प्रष्ट भएर नआउँदा बेलाबेला उनी झस्किने गर्छन् ।

कहिले बढी समर्थन र कहिले बढी विरोधको नाममा आफूलाई एक्लाउने प्रयास भइरहेका उनको बुझाइ छ ।’ त्यो प्रक्रिया पार्टीचिभत्र पनि देखिएको छ । प्रचण्ड अप्ठ्यारोका कारण नै सरकारले संसदमा दर्ता गर्ने भनेको संविधान संसोधनको प्रस्ताब अन्यौलमा परेको छ । शुक्रबारबाट आइतबार सकेको संसोधन प्रस्ताव आइतबारपनि दर्ता हुन सकेन । आइतबार दर्ता हुन नसकेको संविधान संसोधन अब कहिले दर्ता हुन्छ ? प्रधानमन्त्रीसँग पनि जवाफ छैन ।

प्रस्तावमा सरकारले थप सहमति खोज्ने तयारी गरेको छ । मधेसी मोर्चाको असन्तुष्टि, सत्तासिन दलभित्रैबाट सुरु भएको आलोचना र एमालेको आन्दोलनमा जाने चेतावनीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संसोधनमा पछि सरेको छ । प्रधानमन्त्रीका राजनितिक सल्लाहकार चक्रपानी खनालले अब मोर्चा र सत्तासिन दलमा पूर्ण सहमति गरेर संसोधन दर्ता गराउने जानकारी दिए । ‘मोर्चाले चुनावमा प्रतिवद्धता जनाउनुपर्ने र सबै घटन सन्तुष्ट हुनुपर्ने विषयमा छलफल भएपछि संसोधन रोकिएको हो ’ उनले भने, ‘अब सहमति खोजेरमात्रै संसोधन दर्ता हुन्छ आज हुन्छ भोलि नै हुन्छ भन्ने अवस्था छैन ।’

सरकार बनाउदा माओवादी केन्द्र र काग्रेससंग गठबन्धनले गरेको तीन बुदे सहमति तत्काल कार्यान्वयन गराउन गठबन्धनको दबाब र सकेसम्म तीन बुदे कार्यान्वयन नहोस् भन्ने एमालेको चाहनाका बिचमा प्रधानमन्त्री अप्ठेयारोमा परेका छन् । संविधान संसोधन असफल भए आफुले पद छाड्नुपर्ने भन्दै आफ्नो अप्ठ्यारो उनले पार्टी बैठब र दलहरुको सयुक्त बैठक राखिसकेका छन् । सीमांकनका विषयमा उनी सबैभन्दा अप्ठ्यारमा परेकाले त्यसबाट पछि हड्ने संकेत पनि आइतबार दिइसकेका छन् । प्रदेश नम्बर ५ को बिषयलाई लिएर, माओवादी केन्द्र मात्रै होईन, अरु दल भित्रका बारेमा देखिएको विवादका कारण पनि प्रधानमन्त्री प्रचण्ड अगाडी बढ्न सबेका छैनन ।

प्रतिक्रिया दिनुहोस

NIC Asia below taja khabar
Bajaj below taja samachar
RITZ sports right side Samsung right sport adv cement health right side Samsung health right side DDC health right  adv