कस्ता थिए मान्छेको मासु खाने तानाशाह इदी अमिन ?



आदरणीय पाठकहरु,
तपाईहरुले नियमित रुपले माया गर्दै आएको नेपालपाटी अनलाइनले अब देखी प्रत्येक साताको शनिबार चर्चित एवम् रहस्यमयी व्यक्तित्वहरुका बारेमा छोटो परिचय पस्कन व्यक्ती परिचय स्तम्भ तयारी गरेका छौँ । यस स्तम्भमा राष्ट्रिय तथा अन्तराष्ट्रिय व्यक्तीत्वहरुका सकरात्मक तथा नकरात्मक पाटोहरुलाई केलाउने कोशिस गरेका छौँ । तपाईका अमुल्य सल्लाह र सुझाव हाम्रो मार्गदर्शन बनिरहने छन् । व्यक्ती परिचयको पहिलो खण्डमा युगाण्डाका तानाशाह इदी अमिनको परिचय समेटेका छौँ

अमिन दादा अफ्रीकाको कसाही र बेलायती साम्राज्यको बिजेता जस्ता नामले पुकारिने युगाण्डा का तानाशाह इदी अमिनको जन्म सन १९२३ र १९२५ को बीच भएको मानिन्छ । पाँच पत्नीका पती अमिन ४३  छोराछोरीका धनी थिए । मुस्लिम किसान परिवारमा जन्मिएका अमिन आठ सन्तान मध्य तेश्रो  सन्तानको रुपमा जन्मीएका थिए ।

सन १९४६ मा किग्स अफ्रीकी राइफल्सबाट काम सुरु गरेका अमिन १९४८ मा  प्रमोशन हुँदै मेजर अफ प्लाटुन कमाण्डर बन्न सफल भए । मुक्केबाजीका सौखीन अमिन १९५१ मा हेवीवेट च्यामपियन नै बन्न पुगे । क्रुर स्वाभाबका अमिनले १९६२ मा युगाण्डाको छिमेकी  जनतालाई  कुटेर मार्ने र जिउदै गाड्ने गतीबिधीले बेलायती कोर्ट मार्शल पाउँदै गर्दा ९ अक्टोबर १९६२ मा युगाण्डा नै स्वतन्त्र हुन जाँदा मुक्ती पाए ।
अमिनको क्रुरतालाई माफ दिदै प्रधानमन्त्री ओबोटले १९६४ मा कर्नेल र बायुसेनाको डिप्टी कमाण्डर बनाई दिए । राजा र प्रधानमन्त्री ओबोटको झगडाबाट फाइदा लिंदै युगाण्डाबासीको समर्थनमा ओबोटका समर्थकको कत्लेआम गर्न सुरु गर्दै  २५  जनबरी  १९७१ देखी ११ अप्रिल १९७९ सम्म  युगाण्डाको राष्ट्रपती बन्न सफल भए ।

उनको  कार्यकालमा  भारतिय कामदार (जो बेलायतीले लिएर गएका थिए) करीब ४०००० देखी ८०००० सम्मलाई तीन महिना भित्रमा देश निकाला गरी दिए । साथ साथै ओबोट समर्थक र उनका जातीको नरसंम्हार गर्दै  एक लाख मानिसलाई मार्दै नाइल नदीमा फेकी दिए । उनको क्रुरताले गर्दा बेलायतीहरुले हस्तक्षेप गर्दा १९७९ मा  भागेर  लिबिया पुगे । सन १९८० मा साउदी अरेबियामा शरण लिएका अमिनले १६ अगष्ट  २००३ मा अन्तीम सास लिदै यस धर्तीबाट बिदा लिए ।

प्रतिक्रिया दिनुहोस

NIC Asia below taja khabar
Bajaj below taja samachar
RITZ sports right side Samsung right sport adv cement health right side Samsung health right side DDC health right  adv