संकटमा केसीको स्वास्थ्य अप्ठ्यारोमा सरकार



काठमाडौं १४ मंसिर । चिकित्सा क्षेत्र सुधारको माग गरेर आमरण अनसनमा बस्नु भएका डा गोविन्द केसीका मागका विषयमाआजपनि वार्ता हुने भएको छ । हिजो दोस्रो दिन सम्मका वार्तामा कुरा नमिलेपनि आज तेस्रोदिन पनिवार्ता हुनलागेको हो । त्रिभुवन विश्वविद्यालयका उपकुलपति तीर्थ खनियाँको बर्खास्तगी र चिकित्साशास्त्र अध्ययन संस्थानका डिन डा. केपी सिंहको राजीनामाका सवालमा कुरा नमिलेपछि डा. केसी र सरकारका प्रतिनिधिबीच हिजो भएको वार्ता पनि निष्कर्ष विहीन भएको थियो ।

केसीले डिनको बर्खास्थीलाई मुख्यमागका रुपमा अघि सारेपछि सरकार अप्ठ्यारोमा परेको छ । एकातिर केसीको स्वास्थ्य अर्कोतिर नमिल्ने प्रक्रियामा कसरी वार्ता गर्ने ? सरकारी वार्ता टोलीका एक सदस्यले गुनासो गरे ।

चिकित्साशिक्षा र सेवासँग सम्बद्ध १० बुँदे मागसहित १७ दिनदेखि आमरण अनशनरत डा.केसीको स्वास्थ्य स्थिति विग्रीदै गएको छ । डिन र उपकुलपति हटाउनुपर्नेमा केसीले अडान लिनु भएको छ । खनियाँ र डा. सिंहको बर्खास्त गरी राजीनामा गराउन सरकारी पक्षले प्रक्रियागत रूपमानमिल्ने जनाएको छ ।

संस्थानको डिन हटाउनुभन्दा पनि निष्पक्ष नियुक्ति प्रक्रिया बनाउनुपर्ने तर्क सरकारी पक्षले गरेको थियो ।आजको वार्ताको समय भने तय भएको छैन ।

प्रतिक्रिया दिनुहोस

NIC Asia below taja khabar
Bajaj below taja samachar
RITZ sports right side Below samsung cement health right side Samsung health right side Samsung health right side bottom