अमेरिकी राष्ट्रपति निर्वाचनमा मिल्यो चिनियाँ बाँदरले गरेको भविष्यवाणी

चीनको एक बाँदरले अमेरिकन राष्ट्रपतीय चुनावमा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्प विजयी हुन्छन् भन्दै गरेको भविष्यवाणी सदर हुन पुगेको छ । चीनको भविष्वक्ताको राजा भनेर चिनिने ‘गेडा’ नामक बाँदरले निर्वाचन भन्दा एक हप्ता अघि नै ट्रम्प आगामी अमेरिकन राष्ट्रपति बन्ने भविष्यवाणी गरेको समाचार ‘इकोलोजिकल’ पर्यटकीय पार्कले जनाएको थियो ।

पहेँलो टिसर्टमा सजिएको बाँदरले रिपब्लिकन उम्मेदवार ट्रम्पको पक्षमा भविष्यवाणी गरेको थियो । डेमोक्र्याट उम्मेदवार हिलारी क्लिन्ट र ट्रम्पको आकृतिलाई दुई तिर राखेर बाँदरलाई बीचमा राखिएको थियो । उक्त बाँदरले ट्रम्पको आकृतिको ओठमा चुम्बन गरेर उनले चुनाव जित्ने संकेत गरेको थियो ।

उक्त भविष्यवक्ता बानरराज सामू राष्ट्रपतीय चुनावमा कसले विजय हाँसिल गर्छ भनेर पटकपटक गरिएको प्रश्नमा उसले ट्रम्प विजय हुने भविष्यवाणी गरेको थियो । ट्रम्प र क्लिन्टनको प्रतीकका रुपमा राखिएका दुई केरामध्ये ट्रम्प प्रतिकको केरा उठाएर उनकै पक्षमा निर्णय दिएको सियाङ हु इकोलोजिकल टुरिजम पार्कले बताएका थियो ।

५ वर्षको यो बाँदरको भविष्यवाणीको खबर अन्तराष्ट्रिय सञ्चार माध्यमले प्रमुखताका साथ प्रकाशित गरेका थिए ।
यसअघि एक अलौकिक जनावार अक्टोपसले सन् २०१० को विश्वकप फुटबलका प्रतिस्पर्धीमध्ये सही विजेयता छानेको सम्झना गर्दै यो बाँदरको भविष्यवाणीलाई सञ्चार माध्यमले महत्वका साथ प्रकाशनमा ल्याएका थिए ।

यही बाँदरले यस अघि युरोपियन फुटबल च्याम्पियनसिपमा कुन देशले जित हात पार्छ भनि सोधिएको प्रश्नमा गरेको भविष्यवाणी सही ठहरिएको थियो । बाँदरको यो भविष्यवाणीले अमेरिकी मतदातालाई चुनाव नहुँदै अन्योल सिर्जना गरिदिएको छ ।

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janamat health right side janta bank janata bank