अक्तियार प्रमुख बनाउने नेताले संसदमा माफ माग्नु पर्छ : भट्टराई



नयाँ शक्ति पार्टी नेपालका केन्द्रिय अभियनता निर्मल भट्टराईले लोकमान सिंह कार्कीलाई अक्तियार प्रमुख बनाउने नेताहरुले संसदमा माफि माग्नु पर्ने बताएका छन् । नयाँ शक्ति पार्टी नेपाल स्याङ्जा जिल्ला परिषदले विजया दशमी, शुभ दिपावली, बकर इद, छठ र नेपाल सम्बतको अवसरमा आयोजीत शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रममा उक्त धारणा व्यक्त गरेका हुन् ।

भट्टराईले देशको अहिलेको प्रमुख अजेन्डा आर्थिक समृद्धि हो, यो अजेण्डामा सहमत हुने जोकोही नयाँ शक्तिको अभियनता हुन सक्ने बताउदै नयाँ शक्ति वर्तमान गलत राजनीतिक दलदलबाट देशलाई मुक्त गरेर सफा बैकल्पिक राजनीति तर्फ देशलाई लैजान चाहेको बताए ।

चियापान कार्यक्रममा पूर्व सभासद खगेन्द्र रेग्मी, प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्थी, स्थानीय विकास अधिकारी महेश भट्टराई, नेपाली कांग्रेसका शिवकुमार अधिकारी, नेकपा एमालेका शुधिर कुमार पौडेल, माओवादी केन्द्रका शैलेन्द्र घिमिरे र रेडक्रसका चन्द्रमणी पौडेल लगायतले शुभकामना व्यक्त गरेका थिए ।

नयाँ शक्ति पार्टी नेपाल स्याङ्जाका संयोजक शोभाखर ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन अभियनता रामु बस्यालले गरेका थिए भने स्वागत पोमनारायण अर्यालले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

NIC Asia below taja khabar
Bajaj below taja samachar
RITZ sports right side Below samsung cement health right side Samsung health right side Samsung health right side bottom