५ थान सर्ट मेशिन गन ‘एसएमजी’ सहित ठूलो परिणामा गोली बरामद



दाङ । प्रहरीले ठूलाे परिणाममा अबैध हतियार बरामद  गरेकाे छ ।  दाङ र कपिलवस्तुको सीमा क्षेत्रबाट अत्याधुनिक हतियार सर्ट मेशिन गन‘एसएमजी’ पाँच थान बरामद गरेको हाे ।

जिल्ला प्रहरी कार्यालय दाङले आइतबार बिहान पत्रकार सम्मेलन गरेर बेवारिसे अबस्थामा ठुलो सख्यामा फेला परेको हतियार तथा गोलिगठ्ठा सार्वजनिक गरेको हो । चन्द नेकपाका कार्यकर्ताले दाङ र कपिलबस्तुको सीमाना हुँदै अन्यत्र लैजान लागेको सूचनामा आधारमा  हतियार बरामद गरिएकाे प्रहरीले जनाएकाे छ  ।

गढवा र कपिलबस्तु शिबनगर नगरपालिकाको सीमानामा रहेका खाली गोठमा झारपातले छोपेर सुटकेशमा राखेको अवस्थामा एसएमजी राईफल पाँच थान, राईफलको म्याग्जिन १३ थान र सोहि उक्त राईफलमा प्रयोग हुने गोलि ३ सय ९० राउण्ड फेला परेको हो ।

फेला परेका हतियार कहाँ कुन प्रयोजनले लैजान लागिएको थियो भन्नेमा प्रहरीले अनुसन्धान गरिरहेको छ । प्रहरीले चन्द नेकपाका एक जना कार्यकर्तालाई पनि पक्राउ गरेको छ । पक्राउ पर्नेमा शान्तिनगर–१ पटेरीखोलाका प्रकाश बुढामगर रहेका छन् ।

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments