प्रधानमन्त्रीको आग्रहपछि उपसभामुख राजीनामा दिन तयार



काठमाडौँ । उपसभामुख शिवमाया तुम्बाहाम्फे पदबाट राजीनामा दिन तयार भएकी छिन । लामाे समयदेखी राजीनामा नदिने अडान लिएकी तुम्बाहाम्फे अन्ततः राजीनामा दिन तयार भएकी हुन ।

प्रधानमन्त्री केपी शर्मा ओलीको आग्रहमा उपसभामुख तुम्बाहाम्फे राजीनामा दिन तयार भएको स्रोतले जनाएको छ ।  आज बस्ने प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै तुम्बाहाम्फले राजीनामा दिने स्राेतले जनाएकाे छ । उपसभामुख तुम्बाहाम्फेले ओलीसँगको भेटमा आफ्नो गल्ती के हो ? भनेर प्रश्न समेत गरेकी थिइन् । ओलीले उनीसँग पार्टीको अवस्था बुझ्दै आफूलाई सघाउन आग्रह गरेका थिए ।  आइतबार बसेको नेकपा सचिवालय बैठकले सभामुखमा अग्नि प्रसाद सापकोटाको नाम सिफारिस गरेको थियो ।

संबैधानिक प्रावधान अनुसार सभामुख र उपसभामुख फरक दल र फरक लिङ्गको हुनुपर्ने हुनाले उपसभामुखले   राजीनामा दिदै नेकपालाई सभामुख पद दिलाउन दबाब परेको हो ।  संसद् बैठक लगत्तै उपसभामुख तुम्बाहाम्फेले संसद् भवनमै पत्रकार सम्मेलन गरेर आफ्ना धारणा राख्ने संसद् सचिवालयका सञ्चारविज्ञ शेखर अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments