नव नियुक्त कानूनमन्त्री डा. तुम्बाहाम्फेद्वारा पदभार ग्रहण



काठमाडौं । नव नियुक्त कानूनमन्त्री डा.शिवमाया तुम्बाहाम्फेले पद तथा गोपनियताको सपथ लिएकी छिन । तुम्बाहाङ्फेले सोमबार दिउँसो राष्ट्रपति भवनमा पद तथा गोपनियाताको शपथ ग्रहण गरेसँगै पदभार ग्रहण गरेकी हुन । उनले राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ ग्रहण गरेकी हुन  ।

तत्कालिन सभामुख कृष्ण बहादुर महराले बलात्कारको अभियोगमा बाध्यात्मक रुपमा पद त्याग गरेसँगै रिक्त पदमा डा. तुम्बाहाम्फेको चर्को दाबी रहेपनि नेकपाको आन्तरिक राजनीतिक समिकरणले उनको चाहना पूरा हुन सकेन । उपसभामुखबाट राजीनामा दिदैं नेकपाको पोल्टामा सभामुख पार्नको निम्ति उनले गरेको त्यागलाई कानून मन्त्रालयको जिम्मेवारीले परिपूर्ती गर्ने कार्य प्रधानमन्त्रीले पूरा गरेका छन ।

shiva_maya_tumbahamphe_oath_1_YkJkFPDX0P

याे पनि पढ्नुहाेस

डा.शिवमाया बनिन कानूनमन्त्री , सपथ आजै

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments