सावधानीमा टार्नुपर्ने जोखिम

बिहिबार, मंसिर १६, २०७३

loading...

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले संविधान संसोधन प्रस्ताव दर्ता गरेपछि राजनीतिक धुुव्रीकरण बढाएको छ । जसका लागि संसोधन गर्न खोजीएको हो (मधेसी मोर्चा) उनीहरु नै संसोधन प्रस्तावसँग सन्तुुष्ट छैनन । नेकपा एमाले संसद र सडकमा आन्दोलनमा उत्रीसकेको छ । पश्चिम नेपालमा नागकिरहरु संसोधन प्रस्तावको विपक्षमा सडकमा निस्कि सकेको छन् ।

सत्तासिन दलभित्रै पनि मन्त्री देखि दलका उच्चतहका नेता प्रस्तावको विपक्षमा उभिएका छन् । दर्ता गरेको संविधान संशोधन विधेयक समाधानमुखी भन्दा विवादमुखी देखिदएको छ । मधेसी मोर्चाले बिहीबार नै प्रधानमन्त्रीलाई भेटेर परिमार्जन भए मात्रै मान्य हुने बताइसकेको छ ।

अब संसोधन प्रस्ताव फेरि नयाँ बनाउने, त्यसबाट पछि हट्ने वा विरोधकाबीचमा पनि पेलेर जाने भन्नेमा सरकारका लागि तीनवटा विकल्प देखिएका छन् । प्रचण्ड नेतृत्वको सरकार अप्ठ्यारोमा परिसकेको छ । संसोधन चाहिन्छ भन्ने मधेसी मोर्चा र आबश्यक छैन भन्ने एमाले दुुई परस्पर विरोधी ठाउामा उभिएका छन् । सरकारले परस्परविरोधी शिविरमा रहेका यी दुई राजनीतिक शक्तिसँग न्यूनतम समझदारी कायम नगरी प्रचण्ड एकतर्फी रूपमा अगाडि बढ्न खोज्दा यस्तो जोखिम आइपरेको छ । त्यो जोखिम टार्ने काम अब प्रचण्डको काधमा आइ परेको छ । 

अब ढिला नगरि एमालेलाई विश्वासमा लिने र मधेसी मोर्चालाई खुसी पार्ने काममा लाग्नुपर्ने देखिन्छ । तर संसदको अंकगणितमा खेलेर दुईतिहाई पुुगाउने रणनीतिमा लाग्दा त्यसको परिणाम गम्भिर आउन सक्छ । संसोधन प्रस्ताव पारित भए वा नभएपनि त्यसले राजनीतिक दिशा बदल्ने मात्रै छैन गलत बाटोमा लागेर चुनाव नहुने र अन्ततल् संविधान नै संकटमा पर्ने खतरा देखिन्छ ।

तसर्थ संविधान संशोधनको प्रस्ताव संसदमा सफल या विफल जे भए पनि अबका सबै दलमा साथमा लिएर चुनावी वाताबरण तयार गर्न प्रधानमन्त्री प्रचण्ड लाग्नुपर्ने देखिन्छ ।

911 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

NIC Asia below taja khabar
Bajaj below taja samachar
RITZ sports right side Janamat health right side Samsung health right side bottom Below blog adv