चिकित्सक संघको आपत्तिजनक निर्णय

बुधबार, साउन २, २०७५



काठमाडौँ । नेपाल चिकित्सक संघले स्वास्थ्य सेवा जस्तो संवेशनशील सेवा बन्द गर्ने भएको छ । संघले पत्रकार सम्मेलन गरेर देशभरका सम्पुर्ण सरकारी तथा निजी शिक्षण अस्पताल, नर्सिङहोम, क्लिनिक लगायतका सबै स्वास्थ्य संस्थाहरुमा आकस्मिक सेवा बाहेक सम्पुर्ण सेवाहरु बिहिवार बन्द गर्ने निर्णय भएको जानकारी दियो । चिकित्सकले विरामी जाचेनन्, विद्युत प्राधिकरणका कर्मचारीले विजुली दिएनन, टेलिकमका कर्मचारीले संचार सेवा अवरुद्ध पारे, यातायायका कर्मचारीले यातायात सेवा बन्द गरे भने के हुन्छ ?

संघले एक दिन मात्र होइन, सरकार गम्भीर नभए आकस्मिक बाहेक सबै सेवाहरु अनिश्चितकालका लागि बन्द गर्ने चेतावनी समेत दिएको छ । डा.गोविन्द केसीको जीवनरक्षाका निम्ति प्रधानमन्त्रीदेखि शिर्षस्थ नेताहरुलाई भेटेर अपिल गर्दा पनि सरकारले कुनै जिम्मेवारी बोध नगरेको संघको तर्क छ ।

सरकारले पूर्ण जिम्मेवारी नदिई वार्ता टोली बनाएको, केसीलाई जबरजस्ती जुम्लाबाट काठमाडौं ल्याउने परिस्थिति सिर्जना गर्न मात्र खोजेको संघकोे आरोप समेत छ । गम्भीर परिस्थितिमा भएपनि समाधानको लागि सरकारले तादरुकता नदेखाएको संघको आरोप छ । तर, केसीको मागमा विलिन हुँदा संघले केसीलाई सुझाव दिन भने भुलेको छ ।

सरकारको अशोभनीय कार्यप्रति संघले भत्र्सना र निन्दा गरेको छ तर संघ आफैँले भने अशोभनीय काम गरेको छ । सेवा नै बन्द गर्ने निर्णयप्रति संघले गम्भीर समिक्षा गर्नुपर्छ र आगामी दिनमा यस्ता निर्णय नगर्ने प्रतिवद्धता आउनुपर्छ ।

देशमा अराजक स्थिति ल्याउन खोज्ने जो कोहीलाई कानुनी दायरामा ल्याउन आवश्यक छ । माग राख्ने र संबोधन गराउन दिने दवाव आफ्ना ठाउँमा छन् ।  लोकतान्त्रिक मुलुकमा त्यसको उच्च सम्मान गर्नुपर्छ । तर, आफ्ना माग राख्दा अरुको अधिकार खोसियो कि भन्नेतर्फ पनि सोच हुन आवश्यक छ ।  स्वास्थ्य जस्तो अति संवेदनशील क्षेत्र बन्द गरेर माग राखिनु आफैँमा आपत्तिजनक छ ।

8604 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank