सरकारले दिएको सन्देश

शनिबार, बैशाख २२, २०७५



पटक–पटक सरकारलाई झुकाउँदै आएका यातायात व्यावसायीले शुक्रबारदेखि अनिश्चितकालिन यातायात बन्दको घोषणा गरे । नेपाल यातायात व्यावसायी राष्ट्रिय महासंघको आह्वानमा व्यावसायीहरूले सार्वजनिक सवारीका साधान ग्यारेजबाट निकालेनन् ।

यातायात व्यावसायीले जति पटक आन्दोलन गरेका थिए, सवै आन्दोलनले सरकारलाई झुकाएको थियो । तसर्थ, यस पटक पनि सरकारलाई गलाएरै छाड्ने रणनीति उनीहरूको थियो ।  तर, यातायात सिण्डिकेट तोड्ने र बस कम्पनी ऐन अन्तर्गत संचालन गर्नुपर्ने, बस समितिहरू दर्ता नगर्ने र आगामी आर्थिक वर्षदेखि नविकरण पनि गर्ने निर्णय गरेर अगाडि बढेको सरकार ब्याक भएन । अत्यावश्यक सेवा बन्द गराए कडा कारवाही गर्ने स्पष्ट अडानका साथ सरकार अघि बढ्यो ।

कानुन विपरित आम हडतालको पक्षमा उत्रेका व्यावसायीलाई पक्राउ पनि ग¥यो । यति मात्र होइन, रुट परमिट नै खाजेर सम्मको निर्णयमा सरकार पुग्यो ।
सरकार पछि नहट्ने चाल पाएका व्यावसायीले अनिश्चितकालिन आम हडतालाई एकै दिनमा सकाए र शनिबारबाट सवै सवारी साधन संचालन गराउन आह्वान गरे । वर्षौदेखि एकलौटी गर्दै आएका यातायात व्यावसायीलाई कानुनी दायरामा ल्याएर सरकारले सकारात्मक सुरुवात गरेको छ । अर्थात सरकारले पहिलो सफलता हात पारेको छ ।

यसले सरकारले चाहे गर्न सक्छ भन्ने उदाहरण पनि दिएको छ । यातायात सिण्डिकेट जस्ता विकृति अन्य क्षेत्रमा पनि छन् । त्यसतर्फ पनि स्पष्ट अडानका कारण सरकारले कदम चाल्न ढिला गर्नुहुन्न । सवै खाले सिण्डिकेट अन्त्य गर्ने अभियानमा सरकार लाग्नुपर्छ ।

270 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank