शासन बदलियो अव संस्कार बदलौँ

मङ्लबार, बैशाख ११, २०७५



काठमाडौँ । तत्कालिन सात राजनीतिक दल र नेकपा माओवादीबीच भएको १२ बुँदे समझदारीको जगमा भएको आन्दोलनले निरङ्कुश राजतन्त्रको अन्त्य गर्दै नेपालमा लोकतन्त्र स्थापना ग¥यो । राजनीतिक दलहरूमाथि प्रतिवद्ध लगाउँदै निरङकुश बनेको राजतन्त्र र माओवादीको युद्द अन्त्यका लागि १२ बुँदे समझदारी कोशेढुंगा बन्यो । त्यसैको जगमा स्थापना संविधान सभाबाट संविधान बन्यो, राज्यको पुर्नसंरचना भयो । तीन वटै तह (स्थानीय, प्रदेश र केन्द्र) को निर्वाचन सम्पन्न भएर जनप्रतिनिधिले काम थालिसकेका छन् । लामो समयदेखि रोगको रुपमा देखा परेको अस्थिरताको पनि अन्त्य भएको छ ।

लोकतन्त्र स्थापना भएको दुई वर्षमा विधिगत रुपमा २४० वर्षे राजसंस्थालाई विदा गरेर संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल स्थापना भएको छ । जन्मकै आधारमा राष्ट्रप्रमुख हुने अवस्था अव छैन् । जनताको छोराछोरी देशको राष्ट्र प्रमुख बन्न सक्ने बाटो खुलेको छ । राजनीतिक सामाजिक अधिकार प्राप्तीका लागि भएका आन्दोलनका उपलब्धलाई संविधानले लिपिवद्द गरेको छ । लोकतन्त्र स्थापनापछि समावेशीकरणमा उल्लेख्य प्रगति भएको छ । राज्यका हरेक अंग, निकाय र राजनीतिक दलहरू जातीय र लैंगिक दृष्टिले समावेशी बन्दै गएका छन् । संविधानले नै राज्यका हरेक निकायमा महिलाको ३३ प्रतिशत प्रतिनिधित्व सुनिश्चित गरेको छ । स्थानीय तहमा ४० प्रतिशत महिला छानिएका छन् । अझ, अध्यक्ष÷उपाध्यक्ष वा मेयर÷उपमेयर मध्ये एक महिला छन् ।

०६२-६३ सालको आन्दोलनमा होमिदै गर्दा जनताले समृद्धिको सपना देखेका थिए । शासन प्रणालीकै कारण देशका विकास नभएको, अशान्ति भएको, बेरोजगारी समस्या व्याप्त रहेको निचोडका साथ लाखौँ जनता सडकमा ओर्लिएका थिए । निरङकुश राजतन्त्रको अन्त्यपछि मुलुकमा सुशासन र समृद्धि हुने अपेक्षा त्यतिबेला थियो र अहिले पनि छ । तर, ती अपेक्षा १२ वर्षसम्म पनि पुरा भएको छैन् । भनिन्छ –१२ वर्षमा खोलो पनि फर्कन्छ । तर नेपाली जनताले महसुस गर्ने गरी खोलो फर्र्किएको छैन् अर्थात जनताको घरदैलोसम्म लोकतन्त्र पुग्न सकेको छैन् । अझै पनि सोर्सफोर्स विना काम नबन्ने अवस्था छ । पहुँचको आधारमा काम बन्ने र सर्वसाधारणले अनेक दुःख पाउने अवस्थाको अन्त्य भएको छैन । सिस्टममा काम हुने संस्कार नबसेसम्म जनताले लोकतन्त्रको महसुस गर्न पाउने छैनन् । त्यसतर्फ केन्द्र, प्रदेश र स्थानीय सरकार लाग्नुपर्छ ।

294 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank