सुन तस्किरीको ‘सेटिङ’ नभत्काउदा प्रधानमन्त्री, अर्थमन्त्रीमाथि शंका

मङ्लबार, पुस २६, २०७३

loading...

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट गएको पुस २१ गते ३३ किलो सुन भित्रीयो । सबै सुरक्षाका घेरा पार गरेर अवैध रुपमा भित्रिएको १५ करोड रुपैयाँ मूल्य बराबरको ३३ किलो सुन अहिले प्रहरी नियन्त्रणमा छ । तर, भरिया पक्राउ गरे असलली सुन तस्कर को हो ? अहिलेसम्म पत्ता लागेको छैन ।

जहाज चढाएर सुरक्षित रुपमा गन्तब्यमा पुर्याउने अन्तिम चरणमा सुन बरामत भयो । सुन तस्करीको सूचना जहाँबाट प्रहरीलाई आयो विमानस्थलमा हुने सेटिङका तारहरु खुस्किएर मात्रै सुन बरामत गरिएको हो । अवैध सुन आयातमा पक्राउ परेका गोपाल शाही, सन्तोष काफ्ले र दिनबन्धु थापालाई सीआइबीले संगठित अपराधमा मुद्दा चलाउने भएको छ । संगठित अपराध पुष्टी भएमा १५ बर्षसम्म कैद हुनसक्छ । तर मुख्य अभियुक्त फरार छन् ।

विमानस्थलभित्र २०७१/७२ मा अवैध सुन बरामदका २२ घटना भएका छन् । त्यसमा १८ किलो ३ सय ९५ ग्राम सुन बरामद भयो। त्यति बेला २७ जना पक्राउ परे । ती पनि भरियाहरु नै थिए । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) ले विमानस्थलबाट बाहिरिसकेको सुन बरामद गरेपछि धेरै रहस्यहरु खुल्ने क्रममा छन् । सुन तस्कर पक्राउ परे लगत्तै विमानस्थलको सुरक्षा चेक-जाँचमा रहेका अधिकारीहरुबीच एक अर्कालाई दोष लगाउन अग्रसर देखिएका छन् ।

‘नेपालको विमानस्थलबाट सजिलै हात्ति छिराउन सकिन्छ’ भन्ने कुख्यात अपराधी चाल्स शोभराजको भनाईलाई पछिल्लो सुन काण्डले पुष्टि गरेको छ । नेपालको अन्तराष्ट्रिय विमानस्थल सुन तस्किरीहरुका लागि ‘ट्रान्जिट’ बन्दै गएको छ । विदेश लैजादै गरेका लागु औषध र नेपाल भित्र्याउदै गरेका सुन पटक पटक बरामत गरिएको छ ।

अहिलेको सुन काण्डसँग सुरक्षा निकायभित्रै वर्तमान अर्थमन्त्री कृष्णबहादुर महराको पनि नाम जोड्न थालिएको छ । भन्सारका कर्मचारीलाई कडा कारबाही नगर्नु, प्रमुख भन्सार प्रशासक सहसचिव नारायण सापकोटा अर्थमन्त्रीको नजिकको व्यक्तिका रुपमा विमानस्थलमा लगिनुले अर्थमन्त्री महराको नाम पनि जोडिएको छ । त्यसलाई चिर्न अर्थमन्त्री महरा नै अग्रसर हुनुपर्छ । सबैभन्दा बढी सुरक्षा संवेदशीलता हुनुपर्ने नेपालको विमानस्थल सुरक्षा प्रणाली कति कमजोर रहेछ ? अहिले ठूलो प्रश्नका रुपमा अघि आएको छ ।

यति ठूलो संवेदशील विषयमा सरकारले कुनै निर्णय गरेको छैन । मन्त्रिपरिषदमा नै छलफल गरेर सरोकारवाला मन्त्रालयको विषेश सयन्त्र बन्नुपर्नेमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि चासो देखाएको पाइएन । जबसम्म विमानस्थलको सुरक्षामा खटिने अधिकारीहरुलाई कडा कारवाही गरिदैन तबसम्म विमानस्थलबाट हुने अवैध तस्किरी रोकिन सक्दैन ।

तस्करीको मूल जरो कहाँ छ ? त्यसलाई उलेख्न तत्काल लाग्नुपर्छ । अब सरकारले त्यसको रमिता हेरेर बस्नु हुँदैन । विमानस्थलमा रहेका सम्पूर्ण निकायमाथि छानबिन गरिनुपर्छ । छानविन र कारवाहीको निर्णय नगर्दा प्रधानमन्त्री, अर्थमन्त्री, गृहमन्त्रीमाथि नागरिकले शंका गर्नु स्वभाविकै हो । विमानस्थलमा जडान गरिएका सबै सीसीटीभि हेरेर तत्काल तस्करका मतियारहरुलाई कारवाही गर्ने र सेटिङ भत्काउनेमा सरकारले गम्भिर निर्णय लिनुपर्छ ।

1809 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

NIC Asia below taja khabar
Bajaj below taja samachar
RITZ sports right side Janamat health right side Samsung health right side bottom Below blog adv