बाढी र पहिरोबाट हुने क्षति न्यूनिकरणबारे सोचौँ

सोमवार, असार १८, २०७५



काठमाडौँ । अविरल वर्षाले देशभरको जनजीवन प्रभावित भएको छ । मध्यअसारपछिको वर्षाका कारण सयौँ बस्ती जोमिखमा परेका छन् भने त्यतिकै संख्यामा डुबानमा परेका छन् । लेदो माटो र ढुंगासहितको पहिरोले कतिपय स्थानमा सडक अवरुद्ध भएको छ ।

खोल्सा, खोला तथा नदीमा पानीको मात्रा बढेको छ । ठाउँठाउँमा पहिरो खस्ने क्रम पनि चलेको छ । त्यसप्रति सम्बन्धित सवै निकाय तयारी अवस्थामा रहन आवश्यक छ ।

बाढी र पहिरोबाट विगतमा धेरै जनधनको क्षति भएको छ । वर्षाले नदीमा बाढी आउने र पहिरो जाने जोखिमले स्थानीय त्रसित बनेका छन् । बाढी र डुबानको उच्च जोखिमलाई न्यूनीकरण गर्न सम्बन्धित पक्ष बेलैमा सचेत हुन आवश्यक छ । क्षति भइसकेपछि उद्दार र राहतमा लाग्नु भन्दा सरकारले सरोकारवाला पक्षसँग समन्वय गरेर क्षति हुन नदिन र न्यूनिकरणमा ध्यान केन्द्रित गर्नुपर्छ ।

जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाले तीन दिनसम्म निरन्तर वर्षा हुने बताएको छ । महाशाखासँग तीन दिनको मात्रै पूर्वानुमान गर्न सक्ने क्षमता भएकाले कति दिन वर्षा हुन्छ भन्ने अझै यकिन छैन् । त्यसकारण पनि राज्य सचेत र चनासो हुन आवश्यक छ ।

केन्द्र र प्रदेश भन्दा स्थानीय सरकार अझ बढी सक्रिय हुन आवश्यक छ । कतिपय समुदायलाई बाढी र पहिरोबारे थाहा नहुन पनि सक्छ । उनीहरूलाई सचेत बनाउने काम स्थानीय सरकारले गर्नुपर्छ । बस्तीको बस्तुस्थितिबारे स्थानीय सरकार जति जानकार हुन्छ, त्यति अरु नहुन सक्छ । त्यसकारण आफ्नो क्षेत्रको जनधनको सुरक्षाका लागि स्थानीय सरकारले विशेष योजना ल्याउन आवश्यक छ । ती योजनालाई प्रदेश र केन्द्र सरकार तथा गैरसरकारी संस्थाले पनि साथ दिन आवश्यक छ ।

310 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank