हजारौंको भीडमा फरक यात्रा

आइतवार, मंसिर १२, २०७३

loading...


समयको गति सवैभन्दा बलवान र प्रभावशाली हुने गर्दछ । सुचना र सञ्चारको आधुनिक युगमा समय समाजको गति बुझ्न सकेको खण्डमा धेरै विषयहरु कामयावी बन्न सक्दछन् । आमसञ्चारको विकास र विस्तार हुने क्रमसँगै छापा, विद्युतीय हुँदै अनलाइनसम्म आईपुगेको छ । आमञ्चार माध्यामले यति छिटो फड्को मार्नुमा प्रविधिमा भैरहेको आविष्कार त आफैमा महत्वपुर्ण छँदैछ, समाजको चेतनाको विकास सवैभन्दा बढी महत्वपुर्ण छ ।

पछिल्लो समय विकास भएको अनलाइनपोर्टल र पत्रिकाहरुको विकासले कुनैपनि समाचार थाहा पाउन दैनिक पत्रिका भए २४ घण्टा, घण्टा घण्टामा समाचार प्रस्तुत गर्ने रेडियो र टेलिभिजन भए कम्तीमा एक घण्टा कुर्नुपर्ने युग समाप्त भएको छ । अब कुनै विशेष प्रायोजनका लागि मात्र पत्रिका किन्नुपर्ने अवस्थामा पाठकहरु पुगेका छन् । इन्टरनेटको विकासले गर्दा देश तथा विदेशबाट हाल नेपाली भाषामा झण्डै पाँचहजारको संख्यामा अनलाइनहरु सञ्चालनमा रहेको आँकलन गरिएको छ । यती धेरै संख्यामा रहेका अनलाइनहरु मध्ये नेपालपाटी अनलाइनको उद्देश्य, लक्ष्य, मिसन र ध्येय फरक छ ।

राष्ट्रियताको सम्वद्र्धधन, आर्थिक सामाजिक रुपान्तरण, उपेक्षित र उत्पीडितहरुका आवाजलाई उच्च प्राथमिकता दिने दीर्घकालिन लक्ष्यसहित नेपालपाटी अनलाइन वि.सं. २०७० सालको भदौदेखि सञ्चालनमा आएको थियो । झण्डै यो तीनवर्षे यात्रामा हामीले आफुलाई अन्य अनलाइन र सञ्चार माध्यामहरु भन्दा फरक र विशिष्ट राख्ने प्रयास गर्यौँ । नेपालमा अनलाइन पत्रकारिताको स्वीकार्यताको दायरालाई फराकिलो बनाउन हामीले पनि त्यसमा धेरथोर योगदान गर्न पाएकोमा गौरवान्दीत बनेका छौँ ।

सुरुको केही समय हाम्रा लागि संघर्षमय बन्नपुग्यो । आवश्यक प्राविधिक, पाठकहरुद्वारा अनलाइनहरुको विश्वसनियता माथि गरिएका प्रश्नहरु, सरकारी नीति, दक्ष जनशक्ती र संस्थागत विकास हाम्रा लागि चुनौतिपूर्ण विषयहरु थिए । यी सबै प्रकारका आरोह अवरोहहरुलाई छिचोल्दै हामी नयाँ संस्करण र अवस्थामा आईपुगेका छौँ । पाठकहरुको रुची र मागलाई ध्यान दिदै हाम्रो अनलाइनको डिजाइनमा परिवर्तन गरेका छौँ । उत्पन्न भएका कतिपय प्राविधिक समस्याहरुलाई समाधान गर्ने प्रयास गरेका छौँ ।

सुरुका तीनवर्ष हामीले  संस्थागत विकासमा लगाउनु परे पनि आगामी दिनमा समयमै सत्य समाचार सम्प्रेषण गर्नुलाई आफ्नो कर्तव्य ठानेका छौँ । सत्य र तथ्य समाचार थाहा पाउनु पर्ने पाठकहरुको अधिकारलाई मध्यनजर गर्दै नयाँ अनुसन्धान मुलक तथा जनपक्षिय पत्रकारितालाई आफ्नो पहिलो मिसन बनाउने प्रतिवद्धता व्यक्त गर्दछौँ । यहाँहरुले अहिलेसम्म गर्नु भएको सहयोग र मायाका लागि विषेश आभार प्रकट गर्दै आगामी दिनमा थप साथ र सहयोगको अपेक्षा राख्दछौँ ।

544 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

NIC Asia below taja khabar
Bajaj below taja samachar
RITZ sports right side Samsung health right side Samsung health right side bottom