मध्यराती के हुन्छ माओवादीलाई ?

सम्पादकीय

बुधबार, जेष्ठ १७, २०७४

loading...


संविधानसभाको पहिलो निर्वाचनमा माओवादी पार्टी सबै भन्दा ठुलो बन्यो। नेपाली कांग्रेस दोस्रो र तेस्रो भयो। लामो समय सम्म सत्तापक्ष र प्रतिपक्षामा बसेका यी दुई पार्टी पछि लागे र माओवादी अघि लाग्यो ।

एमाले र कांग्रेसले त्यसबेला आफु आफु चुनावी समीक्ष गरे । कुनै निहु निकालेनन् । लोकतान्त्रिक पार्टीहरुले गर्ने पनि त्यहि थियो । तर चुनाव जितेका माओवादीका नेता तथा कार्यकर्ताहरुको मुखबाट जहिले पनि अरुलाई हरुवा भन्ने आरोप लगाई रहे । माओवादीलाई त्यसबेला लागेको थियो यो निर्वाचन जितेर हामीले लोकसेवा आयोगको जाँंच पास गर्यौ । अव फेरि कुनै परीक्षा दिईरहनु पर्दैन । तर त्यो लोकसेवा आयोग थिएन । जनताको कठघरा थियो र हरेक पाँंचबर्षमा परीक्षा दिइरहुनु पर्छ भन्ने ज्ञान माओवादीलाई भएन ।

संविधानसभाको दोस्रो निर्वाचनमा माओवादी तेस्रोमा आयो । मतदान सकिए पछि माओवादी अध्यक्ष प्रचण्डले निर्वाचनमा सहभागि भएकोमा सबै जनता र सम्पन्न गरेकोमा निर्वाचन आयोग, सुरक्षाकर्मीलाई पनि धन्यवाद दिए।  तर धन्यावाद दिएको केही समाय पछि चुनावका बाकस खोलिए। तर बाकसमा उनसको अवस्था तेस्रो देखियो ।

अनि माओवादीले गर्यो लोकतान्त्रि अभ्यास र मतगणना बाहिष्कार गर्न देशैभरी मतदान प्रतिनिधिहरुलाई निर्देशन दियो। उसको यो निर्देशन पनि मध्यराती नै थियो। स्थानीय तहको निर्वाचनमा भरतपुरमा पनि माओवादी केन्द्रका प्रतिनिधिले मध्यराती मत पत्र च्याते। मत पत्र च्याते पनि मतगणना स्थल सिलवन्दी गरिएको छ। जित्दा मात्र लोकतन्त्र स्विकार गर्ने अनि मध्यराती मात्र परिणाममा अनुमाना लगाउने माओवादीलाई के भन्ने। मध्यराती के हुन्छ माओवादीलाई ?

1546 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Nic Asia
dashain suvakamana
Asia Pacific Trade Concern Janamat health right side janta bank saral flyer Below blog adv