व्यवस्था फेर्‍यौँ, विधि पनि फेर्‍यौँ तर संस्कार फेरेनौँ

आइतवार, फाल्गुन २७, २०७४



काठमाडौँ । एक शताब्दी नपुग्दै नेपालमा धेरै व्यवस्था परिवर्तन भइसक्यो । राणा शासनको अन्य, प्रजातन्त्रको स्थापना, पञ्चायती व्यवस्था, बहुदलीय व्यवस्था, राजतन्त्रात्मक व्यवस्था हुँदै मुलुक लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा छ । नेपालको संविधान २०७२ अनुसार अहिले तीन तहको सरकार गठन भइसकेको छ । स्थानीय तह, प्रदेश र केन्द्रीय सरकारले काम थालिसकेका छन् । पहिलो पटक सिंहदरबारको अधिकार गाउँसम्म पुगेको तर्क नेताहरूले गरिरहेका छन् । तमाम खालका विकृति र विसंगति अन्त्य हुने दावी राजनीतिक दल र सरकारको छ ।

……….
आर्थिक, सामाजिक, राजनीतिक सवैखाले समानताका लागि आन्दोलनमा होमिएका जनता राजनीतिक परिवर्तनपछि उत्साहित हुनु स्वभाविकै हो । तर, शासन व्यवस्था परिवर्तन हुँदैमा जनताले समानताको महसुस गर्न पाए त भन्ने प्रश्न टड्कारो रुपमा खडा भएको छ । शासन फेरिएसँगै नियम, कानुन पनि फेरिए । नियम, कानुनमा कहिपनि भेदभाव वा असमानता छैन् । तर, संस्कार परिवर्तन हुन नसक्दा समस्याहरु ज्यूँका त्यूँ छन् । हेप्ने र हेपिने क्रम जारी छ । लैंगिक आधारमै हेपिनु पर्ने अवस्था पनि पूर्ण रुपमा हटेको छैन् । जातीय आधारमा अझ त्यो भन्दा पनि बढी छ । बोक्सीको आरोप र दाइजो नल्याएकोमा कुटपीट, बलात्कार जस्ता घटना भइरहेका छन् । एकपछि अर्को गरी व्यवस्थालाई नै चुनौति दिने गरी भइरहेका अमानवीय घटनाले हाम्रो संस्कारलाई झल्काउँछ ।
……….
संस्कार सिकाउने पहिलो पाठशाला घर नै हो । छोरा होस् या छोरी अभिभावकले उनीहरूलाई संस्कार सिकाउन आवश्यक छ । त्यसपछि विद्यालयमा पनि नैतिक शिक्षा दिइनु अत्यावश्यक छ । किनकी संस्कार विनाको समृद्धि व्यर्थ छ ।
……….
अर्कोतर्फ, मुलुकी ऐनमा व्यवस्था छ, ‘कसैले कसैलाई बोक्सो वा बोक्सीको आरोप लगाउने वा त्यस्तो आरोपमा निजलाई बसोबास गरेको ठाउँबाट निकाला गर्ने, सामाजिक बहिष्कार गर्ने वा अन्य कुनै अमानवीय वा अपमानजनक व्यवहार गर्ने वा यातना दिने काम गरेमा तीन महिनादेखि दुई वर्षसम्म कैद वा पाँच हजारदेखि २५ हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ ।’ संघीय र प्रादेशिक संसद्का अधिवेशन जारी छन् । कानुनलाई समयानुकूल परिमार्जन गर्ने काम संसद्को हो । पहिलाको सामाजिक अवस्था र पैसाको मूल्यलाई ख्याल गरेर राखिएको सजाय हो यो । यति जघन्य अपराधमा अब त्यति सजायले धान्दैन । नीतिनिर्माताले यसलाई पनि गहनतापूर्वक लिनु जरुरी छ ।

394 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank