गैरजिम्मेवार गृहमन्त्री निधिमाथी कारबाही गर

विषेश सम्पादकिय

सोमवार, फाल्गुन २३, २०७३

loading...


सप्तरीको राजविराजमा एमालेको सभा विथोल्न खोज्ने संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका ४ जना कार्यकर्ताको प्रहरीको गोली लागेर ज्यान गएपछी परिस्थीति बदलिएको छ । एमालेले तीन दिनका लागि मेची महाकाली अभियान स्थगन गरेको छ भने मधेशी मोर्चाले आजै बैठक बसेर सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । एकतिर मुठभेट बढ्ने देखिएको छ । अर्कोतिर बैशाख ३१ गतेका लागि तोकिएको स्थानिय तहको निर्वाचनका विषयमा समेत संसय पैदा भएको छ ।

सोमबार मधेशी मोर्चाका कार्यकर्ताहरुले दुई महिना अगाडी नै तय भएको एमालेको कार्यक्रममाथी जसरी हमला गर्ने आँट गरे त्यो आफैमा आश्चर्यजनक छ । काठमाडौँ बसेर मोर्चाका शीर्ष नेताहरुले मधेश आफ्नो कमाण्डमा नभएको भन्दै एमालेको कार्यक्रममाथी जे पनि हुन सक्ने घुमाउरो रुपले थ्रेट दिने, उता मधेशमा कार्यक्रम विथोल्ने प्रयास हुने !

अझ केही दिनअघि मधेशमै आयोजित एक कार्यक्रममा शान्ति सुरक्षाको सम्पुर्ण जीम्मेवारी बोकेका गृहमन्त्रीले एमालेको सभा बिथोल्न निर्देशन दिनु र सोमबार प्रहरीले अन्धाधुन्द गोली चलाएर ४ जनाको ज्यान लिनु एकपछी अर्को गर्दै बनाईएको योजना जस्तै लाग्छ । गृहमन्त्री निधिले वर्तमान सरकार निर्माणको टुसा पलाएदेखी नै एमाले विरुद्ध विष वमन गर्दै आईरहेका छन् । उनी निरन्तर रुपमा संविधान संशोधन गर्दै मोर्चाको मात्र नभएर भारतीय चासोलाई समेत सम्बोधन गर्नुपर्ने पक्षमा छन् । उनको यो योजनामा एमाले वाधक देखिएकोले एमालेमुक्त देश बनाउने अभियान नै छेडेका छन् । उनको यो सोचाई र व्यवहार कटु क्षेत्रियतावादी, जातीवादी र पृथकतावादी छ । प्रधानमन्त्री र सत्ता साझेदार नेपाली काँग्रेसले यस विषयमा तत्काल समिक्षा गर्दै विमलेन्द्र निधिलाई सरकारबाट फिर्ता बोलाउनुपर्छ । घटनाका विषयमा सत्य तथ्य छानविन गर्नुपर्छ ।

सोमबार ४ जनाको ज्यान जाने र एक दर्जन मानिस घाईते हुने गरी घटेको घटनाको कारक फरकमतलाई देख्न पनि नसक्ने मोर्चाका नेताहरुको निर्देशन र गृहमन्त्री निधिको उक्सावट नै हो । लहलहैमा एमालेको कार्यक्रम विथोल्न गएका मोर्चाका कार्यकर्ताहरुको ज्यान जानु र घाईते हुनु अत्यन्त दुखद हो । संविधान प्रदत्त अधिकार अनुसार देशको कुनैपनि भागमा शान्तिपुर्ण कार्यक्रम गर्न पाउने हकलाई कण्ठित गर्न खोज्ने मोर्चाको प्रवृक्ति घोर अलोकतान्त्रिक र अराजकताको पराकाष्टा हो । तत्काल यस्ता क्रियाकलापहरु बन्द गरी राजनीतिक र सामाजिक सद्भाव कायम गराउने तर्फ लाग्नु अहिलेको आवश्यकता हो ।

6246 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

NIC Asia below taja khabar
Bajaj below taja samachar
RITZ sports right side Samsung health right side Samsung health right side bottom