कांग्रेस माओवादी गठबन्धनः बलियो विरुद्धको दुब्लो मोर्चा

सोमवार, भदौ १९, २०७४



प्रदेश २ को स्थानीय चुनावमा गठबन्धन मोडालिटी बनाउन कांग्रेस–माओवादी कार्यदलको वार्ता सुरु भएको छ । प्रदेश २ अन्तर्गतका पूर्वपश्चिम राजमार्ग क्षेत्रका स्थानीय तहमा एमाले एकलौटी रुपमा बलियो रहेको भन्दै उक्त क्षेत्रमा तालमेल कसिलो बनाउने निर्णय कार्यदलले गरेको हो ।

स्थानीय तहका दुई चरणका निर्वाचनमा कांग्रेस–माओवादी लगायत अन्य दलसमेतको महागठबन्धन गर्दा पनि एमालेले बढी सिट जितेकाले एमालेलाई रोक्न कांग्रेस–माओवादी लगायत दलको गठबन्धन अझ बलियो बनाउने निर्देशन भारतीय संस्थापन पक्षले दिएको समाचार पनि बाहिर आएका छन् ।

गठबन्धनको अर्थ जित होइन । त्यो पराजय हो । अहिले नेपाली कांग्रेस र माओवादी केन्द्रले यही असोज २ गते हुने तेस्रो तहको निर्वाचनमा पनि तालमेलको प्रयास गरेका छन् । देशको पहिलो र तेस्रो पार्टी मिल्नु भनेको चान चुने कुरा होइन ।
यस भन्दा अघि पनि कांग्रेस र माओवादीले गठबन्धन गरेका थिए। तर परिणामले भने तिनको हविगत देखाई दिएको छ ।

नेपाली कांग्रेस ले त केहि शाख जोगाउन सक्ने देखिए पनि कांग्रेसको बुई नचढेको भए माओवादीको बिजोग नै हुने रहेछ भन्ने कुरा प्राप्त परिणाले देखाएको छ । दुई पार्टीको गठबन्धन हुदा पनि त्यसलाई नटेरि काग कराउदै गर्छ हाती हिड्दै गर्छ भन्ने पारामा एमाले देखिएको छ । कांग्रेस र माओवादी मिले पनि एमालेले त्यसको समाना गर्नुपर्छ । दुनियाँंमा थाहा भएको कुरा हो बलियोको विरुद्ध दुब्लाहरुले गठबन्धन गर्ने हो ।

1647 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank