उम्मेदवारको गाडीमा पड्कने बम किन पड्कदैन सरकारको कानमा ? 

सम्पादकीय

बुधबार, कार्तिक २९, २०७४

loading...


निर्वाचनको मिति नजिकिदै जाँंदा देशका बिभिन्न भागमा उम्मेदवारहरु माथि लक्षित गरेर बम प्रहार हुन थालेको छ । अहिले सम्म अधिकांश प्रहार वाम गठबन्धनका उम्मेदवारहरु माथि यस्तो प्रहार केन्द्रित भएको छ । सुरक्षा संयन्त्र चुस्त र सक्षम भएको सरकारको दावी समेत यस्ता आक्रमणमा संलग्नलाई पक्रन नसक्दा झुठा सावित भएको छ । हाल सम्म माओवादी नेता जनार्दन शर्मा बर्षमान पुनः एमालका उम्मेदवारहरु राजेन्द्र गौतम र शेरधन राईलाई लक्षित गरी बम प्रहार गरिएको छ ।

चुनावको घोषणा भएको केही दिन पछि काठमाडौको कमलादीमा अन्धधुन्ध गोली चल्यो । सरकारले यसक्रममा भारतीय बहादवाला प्रहरीलाई पक्राउ गर्यो। तर पक्राउ परेका उनीहरुलाई के कारवाही गरियो भन्ने जानकारी छैन। यस काण्डमा ठुलो डिजाईन त छैन भन्ने समेत प्रश्न उठेको छ । अहिले भएका श्रृंखलावद्धबद्ध बम आक्रमण त्यसै डिजाईन अनुसार त भएको छैन भन्ने अर्को प्रश्न उठेको छ ।

छिमेकी मुलुक भारतले नेपालको नयाँं संविधानको स्वागत अझै गरेको छैन। तर नेपालमा प्रदेश र केन्द्रीय संसदको चुनाव भएर संविधान पुरा कार्यन्वयनमा आउनुले उसले स्वगत नगर्नु र अहिले यसरी भारतीय बाहलवाला प्रहरी नेपाल आएर गोली चलाउनुमा कतै बाघ कराउनु र बाख्रा हराउनु भने जस्तो त भएको छैन ।

सरकारी निकाय भने नेत्रबिक्रम चन्द नेतृत्वको माओवादीले आक्रमण गरेको आशंका गरेर बस्छ । प्रहरीले चाहने हो भने यत्रम आक्रमणमा संलग्नलाई कतै न कतैबाट पक्राउ गर्न सक्छ । तर सरकार यस बिषयमा कुनै जानकार नभए झै गरेर बसेको छ। वाम गठबन्धनले चुनावमा बहुमत ल्याउने डरले चुनाव सार्ने बाहनाका लागि सरकारले कतै जानी जानी यसो गराएको त होइन। नभए उम्मेदवाहरुका गाडीमा पड्कने बमको आवज सरकारको कानले किन सुनीरहेको छैन?

458 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank


error: Content is protected !!