सरकारको निधारमा ढुंगेलको दाग

शनिबार, बैशाख २, २०७४

loading...


ओखलढुंगाका उज्जन र भुवनको हत्यामा जन्मकैद सजाँंया भएका बालकृष्ण ढुंगेल सरकारको भाषामा फरार अपराधी हुन् ।

सरकारले उनलाई भेट्ने बितकै पक्राउ गर्ने जवाफ दिएको छ। संसदमा उनी हुन्छन, सरकार देख्दैन, प्रहरीका हाकिम का माझमा हुन्छन उनी सरकार भेटदैन। त्यति मात्र होइन सार्वजनिक कार्यक्रममा अभिनन्दन खान्छन्, उनी तै पनि सरकार देख्दैन । लुसुक्क उनी बालुवाटार छिर्छन र प्रधानमन्त्रीलाई भेट्छन तर पनि सरकार देख्दैन । मानौ सरकार सेतो छडी टेकेर हिड्छ त्यसैले आफैसग बसेको अपराधी देख्दैन। नदेख्ने मात्र होइन सरकार सुन्दा पनि सुन्दैन ।

मन्त्रीपरिषद्का पूर्व अध्यक्ष खिलाराज रेग्मीको नाम तोकेर फिला चिर्न भाषण गर्छ उ तर सरकार सुन्दैन। सारा अनलाईन र सामिजक संजालमा उसको त्यो धम्कीपूर्ण भाषण सन सनी हुन्छ तर सरकार त्यो फेला पार्दैन। किन कि यो सरकार प्रविधि र बुद्धिको स्तरको भएकोले होकि ?

प्रधानन्याधिश विरुद्ध बालकृष्ण तरवार हावमा हल्लाएर छिनाल्छु भन्दा सरकार सुन्दैन। काठमाडौमा नेपालको संविधानले व्याबस्था गरेका सबै निकायलाई विदेशी दलल घोषणा गर्छ बालकृष्ण तर सरकार सुन्दैन।

जिल्लामा बालकृष्ण औपचारिक कार्यक्रममा अतिथिको आसान ग्रहण गर्छ तर पनि सरकारले उसलाई देख्र्दैन। सरकारी संयन्त्रको सिडियो र डिएसपीले उसलाई सलाम ठोक्छन, तर पनि सरकार देख्दैन। प्रशानले प्रहरी पछाडि लगाएर बालकृष्णको सुरक्षा दिन सक्छ तर सरकार आफनो आँंखाबाट उसलाई देख्न सक्दैन। यो सरकारले उसलाई देख्न सक्दैनस किन कि सरकारबाट नै संरक्षित ज्यानमारा अपराधी हुन उनी । बालकृष्णको कालो दाग निधारमा लागे अन्धो भएको छ, सरकार त्यसैले उसलाई देख्न सक्दैन।

2084 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janamat health right side janta bank janata bank