१३ औं साग प्रतियाेगिता- उसोमा नेपाललाई दुई स्वर्ण



काठमाडौं । १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग)मा नेपालको स्वर्ण जित्ने क्रम जारी छ ।  नेपालले मङ्गलवार बिहान उसुमा दुई स्वर्ण जितको छ । मङ्गलवार विहान लगनखेलमा आयोजित उसुको थाउलु छान्क्वानमा पुरुषतर्फ विजय सिञ्जाली र महिलातर्फ सुस्मिता तामाङले स्वर्ण पदक जितेका हुन्।

तरबारसहित कला प्रदर्शन गरिने विधामा सिञ्जालीले ९.४८ अङ्क प्राप्त गरेर बाङ्ग्लादेशको मोहम्मद ओमार र श्रीलङ्काको सौभ्य प्रभाकरलाई पछाडि पारे। ओमारले ९. ३४ र प्रभाकरले ९.१३ अङ्क प्राप्त गरेका थिए।

तामाङले भने सहजै विजय प्राप्त गरिन्। उनले ९.४४ अङ्क प्राप्त गरिन् भने रजत पदक विजेत बाङ्ग्लादेशकी नूर बहार बेगमले ८.५५ अङ्क प्राप्त गरिन्। यो सँगै नेपालले १३औँ दक्षिण एशियाली खेलकुद सागमा कुल स्वर्ण पदक सङ्ख्या १७ पुर्‍याएको छ।

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments