सरकारले अख्तियारलाई आदेश दियो भन्रे भ्रम छ: प्रधानमन्त्री ओली



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारीहरु नै भ्रष्टाचारी बारे चर्काे बोलिरहेको बताएका छन ।  प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसलाई लक्षित गर्दै प्रधानमन्त्री ओलीले केहि मानिसहरु अख्तियारलाई सरकारले निर्देशन दिएको भन्दै भ्रम छरिरहेको आरोप लगाए ।

उनले सरकारले संवैधानिक निकाय माथि सरकारले हस्तक्षेप नगरेको दाबी गरे ।  मंगलबार हलचोकस्थित सशस्त्र प्रहरी मुख्यालयमा अख्तियार अनुसन्धान दुरुपयोग आयोगद्वारा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले भने, सरकारले अख्तियारलाई आदेश दियो भनेर मान्छेमा भ्रम छर्ने कोसिस भएको छ। संवैधानिक निकायलाई स्वतन्त्रतापूर्वक काम गर्न दिइएको छ।

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments