युवराज सिंहले लिए अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास

सोमवार, जेष्ठ २७, २०७६



एजेन्सी । भारतीय क्रिकेटका एक अहम हिस्सा युवराज सिंहले अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन ।

अन्तराष्ट्रिय क्रिकेटमा छुट्टै छवि बनाएका सिंहले सन्यासको दौरान भने, अब अगाडि बढ्ने समय आएको छ । सिंहले भारतको निम्ती ४० टेस्ट,३०४ वानडे र ५८ टी २० अन्तराष्ट्रिय क्रिकेट म्याच खेलेका छन ।

सन २०११ को एक दिवसीय वल्र्ड कप च्याम्पीयनको एक अहम हिस्सा सिंहले २०११ मा सर्वश्रेष्ठ खेलाडीको उपाधी जितेका थिए । वायाँ हाते सिंह अलराउण्डर खेलाडी थिए । सन २००७ को टी २० वल्र्ड कपमा बेलायत विरुद्ध एक ओभरमा ६ छक्का हिर्काएर किर्तिमान बनाउन सफल भएका थिए ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata