डेढ वर्षपछी युवा संघको विवाद मिल्यो, नेपाल समुहलाई समान जिम्मेवारी

loading...

मङ्लबार, पुस २६, २०७३



काठमाडौ । महेश बस्नेत उद्योग मन्त्री बनेपछी बल्झिएको युवा संघ नेपालको विवाद समाधान भएको छ ।

मंगलबार बसेको संघको स्थायी समिति बैठकले विवादीत जिल्लाहरु र विभागको जिम्मेवारी बाँडफाँडलाई समाधानको विन्दु बनाएको हो ।

विवादित काठमाडौ जिल्ला समितिमा माधब नेपाल समुहका अध्यक्ष रहेका नितेश पौडेललाई केन्द्रीय सदस्य तथा काठमाडौँ ईन्चार्ज बनाउने र पार्टी अध्यक्ष केपी ओली समुहबाट समानन्तर जिल्ला कमिटि चलाईरहेका पेम्बा घलेलाई काठमाडौको अध्यक्ष बनाउने निर्णय भएको छ ।

जसमा पौडेल नेतृत्वको समितिका उपाध्यक्ष महेश लामा, सचिव मोहन गौतम र कोषाध्यक्ष गौरिशंकर राणालाई यथावत राख्ने निर्णय भएको छ । मंगलबारको निर्णय अनुसार नयाँ जिल्ला कमिटिमा दुवै समुहबाट २७÷२७ जना रहनेछन् ।
यसैगरी सुनसरीमा पनि नेता नेपाल समुुहले आफ्नो पक्षमा निर्णय गराएको छ ।

जसमा नेपाल समुहका गौरिमान परियार अध्यक्ष र ओली समुहका तर्फबाट समानन्तर कमिटि बनाएका प्रह्लाद बस्नेत सचिव बन्ने भएका छन् । विवादीत पर्सामा भने स्थानीय पार्टीलाई विवाद समाधानका लागि एक महिनाको समय दिने निर्णय भएको युवा संघका सचिव नरेश शाहीले जानकारी दिए ।

यसैगरी, केन्द्रीय विभागहरुका विषयमा देखिएको विवाद पनि समाधान भएको छ । सचिव शाहीका अनुसार अब दुवै समुहले तीन÷तीन वटा विभागको नेतृत्व पाउने छन् । जसमा नेपाल समुुहले सांस्कृतिक तथा समावेशी, प्रचार र युथ फोर्स विभाग पाएको छ भने ओली समुहले आर्थिक, संगठन र राजधानी विषेश कमिटिको नेतृत्वको पाएको छ ।

विधानतः तीन वर्षभित्र गरिसक्नुपर्ने महाधिबेशन चार वर्ष पुरा भई सक्दा पनि हुन सकिरहेको छैन । महेश बस्नेतको पछिल्लो कार्यकाल यता निरु पाल र राजिव पहारी गरी दुई जनाले अध्यक्ष बन्ने मौका पाए । तर पार्टीका वरिष्ठ नेता माधव नेपाल समुुहका नेताहरुले तत्काल संघको विधान अधिवेशन सम्पन्न गरी महाधिवेशनको मिति तय गर्न माग गरेको छ ।

नेपाल समुहबाट अध्यक्षको उम्मेदवार बन्ने चर्चामा रहेका संघका सचिव शाहीले भने ‘सकेसम्म फाल्गुणभित्र विधान अधिवेशन र चैत्रभित्र अधिवेशन गर्नुपर्छ भन्नेमा हामी लागिरहेका छौँ । तर केही साथिहरुले अली ढिला गर्नुपर्ने कुरा गरिरहुनुु भएको छ । हामी आगामी बैठकमा यो कुरा जोडदार रुपमा राख्छौँ ।’

संघको केन्द्रीय कमिटिको बैठक आगामी १६देखी १८ गतेसम्म काठमाडौमा बस्ने शाहीले बताए ।

1676 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

NIC Asia below taja khabar
Bajaj below taja samachar
RITZ sports right side Below samsung cement health right side Samsung health right side Samsung health right side bottom