युवा संघले टुङ्ग्यायो एकता, यी हुन् जिल्ला संयोजक र सहसंयोजक (सूचीसहित)

बिहिबार, कार्तिक २८, २०७६



काठमाडौं । सत्तारुढ नेपाल  कम्युनिष्ट  पार्टी (नेकपा) निकट राष्ट्रिय युवा संघ नेपालले सबै जिल्लामा संयोजक र सहसंयोजक तोकेको छ ।

कात्तिक १६ गते बसेको बैठकका निर्णय सार्वजनिक गर्दै युवा सङ्घले जिल्ला संयोजक र सहसंयोजक टुंगो लगाएको जनाएको छ ।  जिल्लाको नेतृत्वबारे टुंगो लगाएपछि संघले ३० कात्तिकमा काठमाडौंमा केन्द्रीय समितिको शपथग्रहण र १ मंसिरमा राष्ट्रिय भेलासमेत आयोजना गरेको छ ।

 

७७ जिल्ला कमिटीमध्ये तत्कालीन एमाले निकट युवा संघले ४२ र तत्कालीन नेकपा (माओवादी केन्द्र) निकट योङ कम्युनिष्ट लिग (वाईसीएल) ले ३५ जिल्लामा संयोजक पाएका छन् । त्यस्तै, वाईसीएलले ४२ जिल्ला इञ्चार्ज र युवा संघको भागमा ३५ जिल्ला इञ्चार्ज परेका छन् ।

जिल्ला इन्चार्ज र सहइन्चार्ज पनि तोक्न बाँकी छ । १ मंसिरमा हुने राष्ट्रिय भेलामा प्रत्येक जिल्लाबाट दुई जनाका दरले सहभागी गराइने बताइएको छ । भेलालाई नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले सम्बोधन गर्ने छन् ।

यी हुन् जिल्ला संयोजक र सहसंयोजक,

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata