उत्तर कोरियापछी जापानमा आयो आँधी, ९ लाख १० हजार घर अँध्यारोमा

सोमवार, भदौ २३, २०७६



एजेन्सी ।  उत्तर पश्चिमी प्रशान्त महासागर अन्तर्गत जापानको राजधानी टोकीयो नजिकै टाइफुन फक्साइका कारण ठूलो वर्षा भएको छ । साथै सो क्षेत्रमा २१० किमी प्रतिघण्टा (130 mph)को गतिमा आँधी आइरहेको जनाइएको छ ।

ग्रेटर टोकीयो क्षेत्रका लाखौं मानिसलाई सुरक्षित स्थानमा लग्न मौसमविद्हरुले सुझाव दिएका छन् । आँधीले यातायातमा अवरोध गर्नुका साथै १०० वटा बुलेट ट्रेन र १३० हवाई उडान रद्ध गरिएका छन् ।

पछिल्लो दशकमा जापानमा आएको यो अर्को सशक्त आँधी हो  । अधिकारीहरुले ३ लाख ९० हजार  कनागवा, शिजुओका र टोकियो क्षेत्रका मानिसलाई सतर्क रहन आग्रह गरेको छ ।

जापानले रुग्बी वर्ल्ड कपको तयारी गरिरहेको बखतमा आएको यस आँधीका कारण ४ लाख भन्दा बढी पर्यटकहरूको आगमन निषेध हुन् सक्ने आशंका गरिएको छ ।

Map of Japan

यसैबीच उत्तर कोरियामा पनि  आइतबार छुट्टै रेड ट्रोपिकल नामक आँधी आएको थियो । २३१ किलोमिटर प्रतिघण्टाको गतिमा आएको सो   आँधीका कारण  उत्तर कोरियामा ५ जनाको मृत्यु भएको थियो ।

टोकियो  विद्युत उर्जा कम्पनीले सोमबार बिहान जनाएअनुसार ९ लाख १० हजार घरमा विद्युत अवरोध उत्पन्न भएको छ । फक्साईले जापानको उत्तरपूर्वी भागमा बढी असर गर्ने ठानिएको छ । अधिकारीहरुले पहिरो र नदीहरुमा पानीको सतह बढ्ने चेतावनी समेत दिएका छन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata