युवा आन्दोलन र युवा संघ नेपालको केन्द्रीय कमिटीको बैठकका सम्बन्धमा

बिहिबार, माघ २७, २०७३

- कृष्णहरि के.सी. : केन्द्रीय सदस्य युवा संघ नेपाल



युवा संघ नेपाल अहिले युवालाई नयाँ कार्यदिशामा अघि बढाउने बहसमा छ । त्यही क्रममा केन्द्रीय सदस्य कृष्णहरि केसीले केन्द्रीय कमिटीको बैठकमा युवा संघ नेपाल, त्यसमा आवद्ध युवा नेताहरु र भावी कार्यदिशाका विषयमा राखेको विषेश प्रस्ताव । 

यस गरिमामय वैठकका आदरणीय अध्यक्ष कमरेड, बैठकका प्रमुख अतिथि एवं अतिथि कमरेडहरु लामो समयको प्रतिक्षापछि बैठकमा सहभागि हुनुभएका तपाई सम्पूर्ण केन्द्रीय कमिटीका साथिहरुमा हार्दिक अभिवादन । नेपाली युवाहरुको सर्वप्रिय संगठनको केन्द्रीय कमिटीको बैठक यतिखेर वसिरहदा आम युवाहरुको चासो सरोकार त छदैछ सिंगो नेपाली जनसमुदायले समेत आज हामीलाई नियाली रहेको छ । यस परिवेशमा नेपाली समाजलाई आशा र आम युवामा आट भर्ने सिंगो युवा समुदायलाई परिचालन गर्ने गरि युवा संघले अभियान चाल्नुपर्ने छ र जसको लागि मेरा केही धारणा पेश गर्ने अनुमति चाहान्छु ।

पृष्ठभूमि
नेपाली समाजको विगत ७ दशकदेखिको बहुप्रतिक्षित सपना जनताले आफूलाई शासन गर्ने विधि आफै बनाउने प्रक्रिया पूरा भएको छ । स्वतन्त्रता, स्वाभिमान र समानताको आन्दोलनको क्रममा निकै महत्वपूर्ण राजनैतिक अधिकारहरु जनताले उपलब्धीको रुपमा पाएका छन् । विगत ७० वर्षदेखीको अधिकारप्राप्तीको आन्दोलनको मोड वदलिएको छ । निरङ्कुशताको चरम उत्कर्ष कालमा स्थापित कम्युनिष्ट आन्दोलनले पनि करिव ७० वर्ष पूरा गर्न लागेको छ । श्रमजीवीहरुलाई एकीकृत गरी गरिखाने जनताको पक्षपोषणका साथ प्रजातन्त्रको लडाईमा जनतालई जागरुक बनाउने कार्यमा कम्युनिष्ट पार्टीको योगदान अग्रणी रहेको छ । विश्वका श्रमजिवी वर्गहरु एक होऔं भन्ने मूल नाराको साथ २००६ साल वैशाख १० गते स्थापित नेपाल कम्युनिष्ट पार्टी आज देशको महत्वपूर्ण शक्तिको रुपमा रहेको छ । समग्रमा कम्युनिष्ट पार्टीहरुका पक्षमा नेपाली जनताको मत ६५ प्रतिशतको वरिपरी रहेको छ । त्यसमा पनि नेकपा (एमाले) देशको दोस्रो ठूलो दल र नेपाली जनताको भरोसायोग्य, श्रमजिवी जनताको लोकप्रिय र नेपाली राजनीतिक जगतको नेता पार्टीको रुपमा स्थापित भएको छ । नेकपा (एमाले) आन्तरिक लोकतन्त्र मजवुद भएको पार्टी हो ।

नेपालमा रहेको पार्टीहरु मध्ये सवैभन्दा लोकतान्त्रिक अभ्यास भएको पार्टी पनि एमाले नै हो । यस पार्टीले लिने गरेका संगठनात्मक ढा“चा अन्य पार्टीहरुले पछ्याइरहेको देख्न सकिन्छ र यसको विचारको वरिपरि नै अन्य पार्टीहरु पनि घुमिरहेको हुदा आज नेकपा (एमाले) देशको नेता पार्टीको रुपमा समेत उभिएको छ । आज नेकपा (एमाले)ले देशको नेतृत्व सम्हालिरहेको छ । आज राष्ट्र, राष्ट्रियता, लोकतन्त्र र जनजीवीकाको पहरेदारीको पर्यायको रुपमा नेकपा एमाले उभिएको छ । र सोही अनुरुप यसले देशको नेतृत्व गरिरहेको छ । एकाधिकार पुँजीवादको विरोध गर्दै, साम्राज्यवाद र विस्तारवादका सामू नेकपा एमाले भिमकाय पहाड वनेर उभिएको छ र जनताले आज नेकपा एमलेलाई माया, ममता र सद्भाव देखाइरहेका छन् । वास्तवमा नेकपा (एमाले) सिंगो स्वाभिमानी नेपाली जनताको आशा र भरोसा केन्द्र भएको छ । यस प्रकारको लोकप्रिय पार्टी हुनुमा नेकपा (एमाले)को जनवर्गीय संगठनहरुको अत्यन्त ठूलो भुमिका रहेको छ । त्यसमध्येको शक्तिशालि संगठनको नाम हो युवा संघ नेपाल ।

युवा भन्नाले जीवन प्रगतिको शिखरतर्फ लम्किरहेको नविन सोच चिन्तनले निर्देशित समाज परिवर्तनको सम्बाहक रचनात्मक सिर्जनशिल समाज र राष्ट्रको एक कमर्ठ साहसी विद्रोही परिवर्तकामी शक्ति हो । मानव समाजको उत्कृष्ट शिल्पी र सर्जक युवा हुन् । समयका सारथी, युद्धका विजेता, इतिहासका निर्माता, वर्तमानका संवाहक, हिस्सेदार, र भविष्यका स्वप्नद्रष्टा एवं कर्णधार पनि युवा शक्ति नै हो । र त्यसैको नेतृत्वकर्ता र नेता संगठनको नाम हो युवा संघ, नेपाल । युवाहरुको आन्दोलनले नेपालमा राजनीतिक परिवर्तनहरु धेरै भएका छन् । नेपालको हरेक चरणको राजनीतिक आन्दोलनको अगुवाई युवाहरुले गरेका थिए र सफलता पनि प्राप्त भएको थियो । तर यी सबै परिवर्तनहरु दिगो रुपमा टिक्न सकिरहेका छैनन् । परिवर्तन संस्थागत हुन सकिरहेको छैन् । परिवर्तनकारी सिङ्गो युवा पङ्ति आन्दोलन पछि निरास हुने गरेका छन् । यसको संक्षिप्तमा समिक्षा गर्ने हो भने देशको आर्थिक क्रान्ति नभइकन राजनैतिक परिवर्तनहरु टिक्न सक्दैनन् भन्ने नै निष्कर्ष निकाल्न गाह्रो पर्दैन ।

अराजकता, अन्याय, अत्याचार, भष्ट्राचार, कुरीति, नाजीवाद, फासीवाद, विस्तारवाद र सवैखाले असमानता तथा विभेदको विरोध गर्दै समानता मूलक समाज निर्माण गर्ने पवित्र हेतुले २०४७ साल जेठ १ गते युवा संघ नेपालको स्थापना गरिएको थियो । युवा संघले सो उद्देश्य मुताविक समाजमा रचनात्मक भूमिका निर्वाह गर्दै आईरहेको छ । परिवर्तनको आन्दोलनमा युवा संघ नेपालले सवैलाई जितेको छ । लोकतान्त्रिक आन्दोलनको क्रममा यसका धेरै सदस्यले कुर्वानी गरेका छन् । भारतका प्रसिद्ध दार्शनिक भगत सिंहले भनेका छन् ः– “रगतको भेटी चाहिएमा युवा सिवाय कसले दिन्छ ? यदि तिमी बलिदान चाहान्छौ भने युवाहरु तर्फ नै हेर्नु पर्दछ । प्रत्येक राज्यका भाग्य विधाता युवाहरु नै त हुन्छन् । …… युवाहरु नै सफलताका वीज हुन् ।” हो, नेपाली युवाहरुले लोकतन्त्र र स्वतन्त्रताका खातिर रगतको भेटी धेरै धेरै चढाईसकेका छन् । संघर्ष र वलिदानकोव पर्याय भएको छ युवा समुदाय । र संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको छ । यो युवाहरुको अतुलनीय प्रसंशीत काम हो । आगामी दिनमा लोकतन्त्रकै लागि लडाई लडिरहनुपर्ने दिनको अन्त्य भएको छ । तर अव राज्यको भाग्य विधाता र सफलताको वीजको रुपमा नेपाली युवाले काम गर्नुपर्ने भएकोछ । नेपाली समाजको आगामि दिनको दिशा र वाटो वदलिएको छ । जुन वाटोमा सफल यात्रीको रुपमा हामी युवाहरुले यात्रा पार गर्नै पर्नेछ । त्यो भनेको सुखि नेपाली र समृद्ध नेपालको यात्रा हो । यो यात्रालाई सफलतापूर्वक पार गराउने कर्तव्य अव हामी युवाहरुको काँधमा आएको छ । जसको नेतृत्व युवा संघले गर्नुपर्नेछ । जुन कुरा संघले आफ्नो बैठकबाट संकल्प गर्नुपर्नेछ ।

जिम्मेवारीलाई निरन्तर गतिशिल चेनको रुपमा लिई एकै व्यक्तिलाई कार्यकालको पूर्ण अवधीभर एकै जिम्मेवार दिने होइन निरन्तर फेरवदल गर्दै अगाडि वढ्नु पर्छ । राज्यको संयन्त्र अनुसार हाम्रा संगठनका विभाग र नेतृत्वको जिम्मेवारी हुनुपर्दछ । राज्यको अभ्यासबाट पनि सिक्नुपर्दछ । जस्तो कि कुनै सिडिओ, कार्यालय प्रमुख वा सचिवहरुलाई निश्चित अवधीको लागि मात्र निश्चित ठाउँको जिम्मेवारी दिइने गरिन्छ । उनीहरुलाई त्यसो गर्दा लामो अनुभव हासिल गर्ने मौका प्रदान भएको हुन्छ । हो अव हाम्रा विभागीय प्रमुखहरु, जिल्ला इञ्चार्जहरुलाई पनि प्रतिवर्ष एक क्षेत्रबाट अर्को क्षेत्रमा जिम्मेवारी दिदै कामको मूल्यांकन गर्नुपर्दछ ।

नेपाल विश्व युवा विकास सूचकाङ्कमा १४५ औं स्थानमा रहेको र दक्षिण एशियाली मुलुकहरुमा सवैभन्दा कमजोर राष्ट्र हो । मानव विकास सूचाङ्कमा नेपालको अवस्था दक्षिणी एशियाली मुलुकहरुमा अफगानिस्तान भन्दा मात्र माथि छ । नेपाल अति कम विकसित मुलुकहरुको कोटिमा पर्दछ । सरकारी तथ्याङ्क अनुसार नेपालमा पूर्ण वेरोजगार युवाको दर २.३ प्रतिशत र अर्ध वेरोजगार युवाको दर ३६ प्रतिशत रहेको छ भने अन्तर्राष्ट्रिय श्रम संगठन ९क्ष्ीइ०को अनुसार पूर्ण वेरोजगारी दर १९.२ प्रतिशत र अर्ध वेरोजगारी दर २८.३ प्रतिशत रहेको छ । हरेक वर्ष श्रम वजारमा करिव साढे चार लाख युवाहरु रोजगारीका लागि तड्पिरहेका हुन्छन् भने करिव साढे पाँच लाख युवाहरु रोजगारीका लागि विदेशीन्छन् । वेरोजगार युवाहरुलाई उद्यमी र व्यवसायी वनाउन सकेमा विदेश जाने युवाहरुलाई स्वदेशमै रोजगार प्रदान गर्न सकेमा युवाहरुलाइ जोश, जाँगर र ऊर्जा भरि आत्मविश्वास वढाउन सकेमा, युवा उत्साह र सृजनशीलतालाई श्रम, सीप र उत्पादन सँग जोड्न सकेमा, युवाहरुलाइ सक्षम र जिम्मेवार वनाउन सकेमा, राष्ट्र निर्माणमा युवाहरुको साझेदारी र सहभागिता वढाउन सकेमा मात्र राष्ट्रिय समृद्धि संभव छ । होनहार ऊर्जाशील युवाहरुलाई वैदेशिक रोजगारीमा पठाएर, विदेशमै पलायन हुने अवस्था सृजना गरेर, डि भी पर्दा र पि आर पाउँदा गर्व गर्ने अवस्था सृजना गरेर, विप्रेषणमा रमाएर, विदेशी सेनामा भर्ती हुँदा मख्ख पर्ने र भाग्य चम्कियो भनेर गर्व गर्ने राष्ट्रिय संस्कृति र संस्कार निर्माण गर्ने हो भने यो मुलुक उहिल्यै विश्वको समृद्ध राष्ट्र वनिसक्नु पथ्र्यो तर वनिरहेको छैन । तसर्थ अवको वाटो त्यो हुदै होइन । अव त्यसलाई वदल्नु पर्दछ ।

यतिवेला कमरेड कार्ल माक्र्सले १६ अगस्त, १८६७ मा एंगेल्सलाई लेखिएको पत्रलाई स्मरण गर्नु वाञ्छनीय हुनेछ । जहाँ माक्र्सले लेखेका छन्–“प्रिय फ्रेड, किताव आखिरी (४९ औं फर्मा)लाई शुद्ध गरेर मैले भर्खर–भर्खर काम सम्पन्न गरेको छु । परिशिष्ट–मूल्यको रुप–सानो टाइपमा सवा एक फर्मा भएको छ । भूमिकालाई पनि शुद्ध गरेर मैले हिजो फिर्ता पठाएको थिएँ । उक्त खण्ड पूरा भएको छ । त्यसको श्रेय तपाईलाई नै हो । तपाईले मेरो लागि जुन असाधरण आत्म–समर्पण गर्नुभएको छ, त्यसको अभावमा मैले तीन खण्डहरुका लागि यति धेरै कडा मेहनत कुनै पनि हालतमा गर्न सक्ने थिइन । कृतज्ञताबाट ओतप्रोत भएर म तपाईलाई आलिङ्गन गर्छु । दुई फर्मा यही पत्रसाथ संलग्न गरेको छु, जसको प्रुफ मैले हेरीसकेको छु । १५ पाउण्ड प्राप्त भएको छ धन्यवाद ।” यहाँ के देखिन्छ भने कमरेड माक्र्सले एंगेल्सलाई भेट्नु भएको थिएन भने माक्र्सले पनि पूजी निकाल्न सक्ने थिएनन् । विहान वेलुका छाक टार्न, लाइब्रेरी र पुस्तक खरिद गर्न नपाएका भए कसरी अध्ययन पुरा गर्न सक्थे । विहान के खाऊ, बेलुकी के लगाऊ र कहाँ वसुँ भन्ने अवस्थामा साहित्य सिर्जना फुुर्दैन दर्शनको खोजी र सिद्धान्तको जन्म हुदैन ।

यस्ता सदस्य खोजेको कि हाम्रा सदस्यहरु रेशम किराजस्तो हुनुप¥यो जसले पात खाएर धागो निकाल्छ । पात खाएर गोवर निकाल्ने शैलिको विरोध गर्दछ ।

युवा जनसंख्याको सर्वाधिक सक्रिय उर्जावान तथा गतिशिल समुह हो । तसर्थ राष्ट्र निर्माणको महत्वपूर्ण शक्ति युवा शक्ति हो । तसर्थ आजको हामी युवाहरुले विश्वसामू नेपाल चिनाउने नेपाललाई धनि वनाउने नेपालीलाई खुसी र सुखी वनाउने सपाना साकार पार्नै पर्छ यो अवको युवा संघ नेपालको कार्यभार हो । युवा संघ नेपाल वयस्क अवस्थामा हिडिरहेको छ । संघले संगठनात्मक रुपमा लामो अभ्यास गरी सकेको छ । अहिले हाम्रो संघले २६ औं वसन्त पार गर्दा नयाँ कार्यभारको जन्म भएको छ । जुन नयाँ कार्यभार वयष्क युवा संघले पूरा गर्नै पर्दछ । किनकी नेपाल श्रोत साधनले धेरै धनि छ । हिमाल पहाड र तराई छ । जल, जमिन, जंगल, जडिबुटी, जनावर, जलवायु र जनशक्ति नेपालको लोभलाग्दो पक्ष हो । जसलाई सदुपयोग गर्नैपर्छ । यहाँ माटो किन्नु पर्दैन हरेक माटो खेतियोग्य छ । यहाँ पानी किन्नु पर्दैन हरेक पानी सलाइन पानीमा, मिनरल वाटरमा, सिंचाईमा र विद्युतमा रुपान्तरण गर्न सकिन्छ । सुर्यको प्रकाशबाट नेपालको प्रत्येक कुनबाट सौर्य शक्ति उत्पादन गर्न सकिन्छ । हावा स्वच्छ त छदैछ हावाबाट विजुली निकाल्न सकिन्छ । हर्रोवर्रोलाई सिटामोल र यार्सागुम्बाहरुलाई क्याप्सुल वनाउन सकिन्छ । यो हाम्रो धेरै सम्भवना वोकेको देश हो । यी कार्यमा युवा संघ लाग्नु पर्नेछ । आम युवाहरुलाई इपिएस पास गरेर कोरिया होइन नेपाल कै खोरियामा गर्न सकिन्छ र गर्नै पर्छ, तातो घामको अदक्ष श्रमशक्ति भएर खाँडीतिर होइन नेपालकै झाडीतिर लाग्नैपर्छ भन्ने सन्देश दिने गरी युवा संघ लाग्नु पर्छ । समृद्ध नयाँ नेपालको संकल्प सहित युवा संघले नयाँबाटोको नेतृत्व गर्नु पर्छ । यसो गर्दा मात्र हामी नेपालीको भविष्य अझ सुन्दर हुनेछ । भन्ने सन्देश दिनेगरी आम युवालाई आकर्षित गर्ने अभियान चाल्नै पर्छ । अव ढिलाई गर्नै हुदैन । जुन यात्राको मूल नारा यात्रा समृद्धिको र लक्ष्य समानताको हुनुपर्दछ । जसको लागि निम्न प्रस्तावहरु पेश गर्दछु ।

नाराः
संगठनले अंगालेको विचार, सिद्धान्त, कार्यक्रम आदिको प्रतिनिधीमूलक फलाकोलाई नारा भनिन्छ । जसले संगठनको लक्ष्यको पक्षपोषण गरिरहेको हुनुपर्दछ । तसर्थ अव हाम्रा नाराहरु निम्न प्रकारको हुनुपर्दछ ।
१. सीपयुक्त कार्यकर्ता, उद्यमयुक्त कमिटी–श्रमशक्तिको विकास, राष्ट्रको समृद्धि
जसले ४ वटा महत्वपूर्ण पक्षको उजागर गरेको छ ।
क) लेख्न र पढ्न मात्र आउने शिक्षाको होइन सीप सहितको केही गर्न सक्ने शिक्षाको माग गर्दछ । र अव कार्यकर्तालाई र आम जनसमुहलाई सीप प्रदान गर्ने कुरा गर्दछ ।
ख) राष्ट्रको समृद्धिका लागि समृद्ध पार्टी र समृद्ध खालकै विचार हुनुपर्दछ भन्छ । सो नीति विचारलाई वोक्ने कमिटी र योजना ल्याउने नेतृत्व हुनुपर्दछ जसको लागि उद्यमशिलता र उत्पादनसँग जोडिएको कमिटी हुनुपर्ने कुरामा जोड दिन्छ ।
ग) श्रमशक्ति भनेको श्रमका साधन चलाउने मानव शक्ति हो । जुन शक्तिको विाकास गर्नुपर्ने पक्षलाई उजागर गरेको छ ।
घ) जव सीपयुक्त श्रम गर्ने जनशक्ति राष्ट्रको समृद्धिमा योजनावद्ध र संगठीत तवरले लाग्छ त्यतिखेर राष्ट्र समृद्ध हुन्छ हुन्छ भन्छ ।
२. युवा संघका हरेक सदस्य सिर्जनात्मक र प्रत्येक कमिटी रचनात्मक
यो नाराले यस्ता सदस्य खोजेको कि हाम्रा सदस्यहरु रेशम किराजस्तो हुनुप¥यो जसले पात खाएर धागो निकाल्छ । पात खाएर गोवर निकाल्ने शैलिको विरोध गर्दछ ।
यो नाराले यस्ता कमिटी खोजेको छ कि अव हाम्रा कमिटी मौरीको जस्तो एकढिक्का भएर श्रम गर्ने अनि कमिलाको जस्तो एकढिक्का भएर सहकार्य गर्ने हुनुपर्दछ भन्छ ।
३. एक कमिटी एक उद्यमशिल काम, उद्यमशिलता युवा संघको शान
उपयुक्त अवसर पहिचान गरी समय पैसा लगन र क्षमता लागँई वस्तु तथा सेवाको मूल्य थपगरी बजारमा लैजाने, प्रतिस्पर्धात्मक वजारमा जोखिम बहन गर्ने, जोखिम बहनको फलस्वरुप पुरस्कार र उपलब्धी पाउने तथा सम्पति बृद्धि गराउने गतिशिल प्रक्रिया नै उद्यमशिलता हो । यसमा उद्यमी, उद्यमीको विचार सोच, पू“जी सामग्री र श्रमको संगठन भैसके पश्चात बस्तु तथा सेवाको उत्पादन हुन थाल्छ जसलाई वजारीकरण गरिन्छ जहा“ लागत र संचालन खर्च कटाएर नाफा आर्जन गरिन्छ । यो प्रक्रिया निरन्तर दोहोरिरहने एउटा व्यापक प्रक्रिया नै वास्तवमा उद्यमशिलता हो । जुन विना राष्ट्रको समृद्धि हुनै सक्दैन । आज दिनभरि वावुले श्रमिक नपाउने र पढेलेखेका छोराछोरीले श्रम नपाउने अङ्खठेरो परिस्थिति सिर्जना भैरहेको छ । आज नेपालमा उत्पादन गरिएका वस्तुभन्दा विदेशवाट आयातित वस्तु सस्तो र सरल भैरहेको छ । कुनै माल उत्पादन गर्नुभन्दा रेडिमेटमाल सरल सस्तो भैरहेको छ अव यसलाई वदल्नु पर्छ । आम युवा शक्तिलाई उद्यमशिलतामा होम्दै हाम्रा हरेक कमिटी उद्यमयुक्त हुनुपर्दछ भन्छ । श्रमको सम्मान गर्ने संस्कार संस्कृति र परम्पराको थालनी गर्न चाहान्छ । श्रम गर्नु, उद्यम चलाउनु एउटा गौरवको विषय ठान्छ ।

४. एक क्षेत्र एक सहकारी, औद्योगिक आन्दोलन चलाऔं प्रभावकारी ।
सहकारी संस्थाहरु≤ सदस्यहरुद्धारा प्रतिबद्ध तवरले सञ्चालित व्यवसायिक संगठन हुन् । व्यवसाय सञ्चालन गरी आङ्खनो कारोवारबाट फराकिलो बनाई आङ्खना सदस्यहरुको आर्थिक तथा सामाजिक उन्नति गर्ने सहकारीको उद्देश्य हुन्छ । सहकारी व्यवसाय सदस्यको हित र उन्नतिको लागि गरिन्छ । सहकारीको अवधारणा एकका लागि सवै र सबैका लागि एक भन्ने मान्यताबाट विकसित भएको पाइन्छ । सहकारी व्यवसायको उद्देश्य अन्य व्यवसाय भन्दा फरक छ । सहकारी व्यवसायमा म र मेरोको सट्टा हामी र हाम्रो भावनाको विकास गराई केवल नाफामूखि मात्र नभइ सेवामूलक व्यवसाय मार्फत आङ्खनो विकास आफैले स्रोत, साधन र श्रमको समुचित प्रयोग गरी गर्नु नै सहकारीता हो । सहकारी धेरै पू‘जीवालले भन्दापनि, निम्न पू‘जीवाल, कृषक, कालिगढ, निम्न आर्थिक वर्ग, वेरोजगार तथा सामाजिक कार्यकर्ताले आङ्खनो सदस्यहरुको आर्थिक तथा सामाजिक विकास गरी आङ्खनो जीवनस्तरमा सुधार गर्नको लागि एक आपसमा मिलिजुली पारस्परिक सहयोगको आधारमा स्थापना भएको संस्था हो जुन पु“जीबादबाट समाजवादमा फड्को मार्ने महत्वपूर्ण पूल हो । यसर्थ सहकारी अभियानलाई अझ प्रभावकारी तवरले सञ्चालन गर्नुपर्दछ । जसले गाउँमा सहकारी घर घरमा रोजगारी दिने एमालेको अभियानलाई साथ दिन्छ । जहाँबाट पुँजीको विकास हुन्छ र औद्योगिक कार्य गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्दछ । सहकारी मार्फत सिङ्गो जनसमुदायको हिस्सा पहल र परिश्रमबाट ठूला ठूला उद्योग कलकारखाना सञ्चालन गर्न सकिन्छ जुन कार्यको शुरुवात युवा संघ नेपालले गर्नुपर्दछ भन्छ ।

५.एक प्रान्त एक प्रतियोगिता, खेलकुदको विकासमा युवा सहभागिता
खेलकुद भनेको राष्ट्र चिनाउने, राष्ट्रलाई समृद्ध बनाउने, पर्यटक बढाउने, युवा समुदायलाई अनुशासनको दाम्लोमा बाध्ने महत्पपूर्ण क्रियाकलापको हो । खेलकुदको विकासमा युवा संयले योगदान गर्नुपर्दछ जुन कामले युवा संघमा आम युवाको आकर्षण वढ्ने छ । अव युवा संघको नाममा राष्ट्रिय स्तरको प्रतियोगिता प्रत्येक वर्ष ७ वटै प्रान्तमा गर्नुपर्दछ । एक प्रान्तमा भएको प्रतियोगिता रोटेशनका आधारमा हरेक कमिटीले प्रतिवर्ष साटफेर गरेर आयोजना गर्नु पर्दछ । प्रायोजको व्यवस्था केन्द्रीय कमिटले गर्नुपर्ने छ । जस्तो कि पहिल
क्र.सं. प्रदेश नं पहिलो वर्ष दास्रो वर्ष

text

६. सवैखाले विभेदको अन्त्य गरौं, समानतामुलक सहिष्णु स“स्कृतिको निर्माण गरौं ।
हामी यवाहरुको लागि कुनैपनि किसिमको विभेद स्वीकार्य हुन सक्दैन । समाजमा भैरहेको हुने र नहुने वीचको वर्गीय विरोधको जगमा रहेका धेरै सामाजिक विभेदहरु छन् त्यसलाई मेट्नु छ । पार्टीका नेता र कार्यकर्ता अनि संगठनभित्र पनि नेता र कार्यकर्ता वीचमा पनि एक किसिमको विवाद छ त्यसलाई मेट्नु छ । युवा उमेर समुहका नेता कार्यकर्तालाई नगन्ने, नपत्याउने र नेतृत्व विकासको कुरालाई अस्विकार गर्ने जुन चलन छ त्यसलाई तोड्नु छ । समाजमा हाल कायम रहेका कुरीति कुप्रथा कुसंस्कार अन्याय विभेदको कडा तवरले प्रतिवाद गर्ने र समानतायुक्त समाजको निर्माण हुने गरी कार्यक्रमहरु आयोजना गर्ने कार्यक्रम तय गर्नुपर्छ । प्रत्येक गाउँ गाउँमा पुग्ने गरी सडक नाटक गर्ने, टोलटोलमा विचार गोष्टी, वादविवाद, वक्तृत्वकला जस्ता कार्यक्रमको आयोजना गर्ने ।

७. वहुप्राविधीक शिक्षा आजको प्राथमिकता, प्रशिक्षण, अध्ययन र सीप विकासमा निरन्तरता

नेकपा (एमाले)को नवौं महाधिवेशनको फैसला मुताविक सुखी नेपाली समृद्ध नेपालको ३५ वर्षे सपना पुरा गर्ने खालको शिक्षा नीति आजको आवश्यक्ता हो । यी सवै विषयवस्तुलाई हेर्दा प्रगतिशिल समुदाय सचेष्ट हुदा नेपालको संविधानमा उल्लेख गरेअनुसार नै समाजवादमा जान सकिन्छ । किनकी पुँजीवादको अन्त्य अवश्यंभावी छ । आज विश्वमा पूँजीवाद हावी छ । समाजवाद रक्षात्मक अवस्थामा छ । विश्व साम्राज्यवादीहरु, दक्षिणपन्थीहरु र पूँजीवादीहरुले समाजवादको भविष्य नभएको व्यापक प्रचार गरिरहेका छन् । तर समाजको विकासक्रमलाई हेर्दा आर्थिक आधार वा उत्पादक शक्तिको नै निर्णयात्मक भूमिका हुने भएकाले अन्तमा समाजवादको विजय निश्चित छ । पूँजीवाद अन्तरगत उत्पादन प्रणालीले सामाजिक स्वरुप लिएको छ तर उत्पादनका साधनहरु माथिको स्वामित्वको स्वरुप भने विलकुल व्यक्तिगत प्रकारको रहेको छ । आज ती दुवैको बीचको अन्तरविरोध नै पूँजीवादभित्रको आधारभूत अन्तरविरोध हो । उत्पादन प्रणालीको स्वरुप अनुसार नै उपरिढाँचा बन्ने इतिहाँसको भौतिकबादी नियम अनुसार अन्तमा उत्पादनका साधन माथिको व्यक्तिगत स्वामित्वको अन्त्य हुनु अनिवार्य छ । जसको सिधा अर्थ समाजवाद हुन जान्छ । तसर्थ यस प्रकारको शिक्षा दिनु आजको आवश्यक्ता हो ।

तर हाम्रा शिक्षकहरु त्यस प्रकारको शिक्षा दिन सक्ने खालका छन् कि छैनन् ? समाजवाद उन्मुख शिक्षा दिने शिक्षकको उत्पादन अर्को महत्वपूर्ण सवाल हो । आज सामुदायिक विद्यालयहरुमा शिक्षक नियुक्ति गर्दा गुणस्तरीय र राम्रा शिक्षक भन्दापनि हाम्रा प्रकारका शिक्षक नियुक्ति भैरहेका छन् । शिक्षकलाई केवल रोजगरीको रुपमा मात्र लिदा हाम्रो शिक्षा दिनप्रतिदिन खस्किरहेको छ । त्यसलाई परिवर्तन गर्नु पर्दछ । उद्देश्य मुताविक पठन–पाठन गर्न सक्ने शिक्षकले मात्र हाम्रो लक्ष्य अनुरुपका जनशक्ति निर्माण हुनेछ ।

मूलभूत रुपमा समाजमा रहेको विद्यमान सवै खाले विभेदको अन्त्य गर्ने र समानतामूलक समाजको स्थापना गर्ने कुरा नै अवको हाम्रो शिक्षा नीतिले वोक्नु पर्दछ । ‘हुने खाने र हुदा खाने’ले पढ्ने शिक्षा र सिकाईको उद्देश्य एकै प्रकारको हुनु पर्दछ । वर्गीय खाडल निम्त्याउने होइन वरु सो खाडललाई पुर्ने खालको शिक्षा चै आजको आवश्यक्ता हो । तर वर्तमानमा रहेको हाम्रो शिक्षा प्रणालीले उल्टै वर्गीय आधार चै खडा गरिरहेको छ । यो आजको कडा चुनौति हो जस्तो मलाई लाग्छ । फेरी शिक्षा र स्वास्थ्य जस्तो विषयमा राज्य पञ्छिन पाउछ कि पाउदैन ? भन्ने कुरा पनि महत्वपूर्ण सवाल हो । यी विषयहरुलाई राज्यले आफ्नो महत्वपूर्ण जिम्मेवारीको रुपमा नै लिनु पर्दछ । तत्काल राज्यले पूर्ण जिम्मेवारी लिन सक्दैन भने पनि न्युनतम रुपमा पाठ्यक्रम, पाठ्यपुस्तक, परीक्षा प्रणाली, मूल्यांकन पद्धति, भौतिक संरचना र शुल्कमा राज्यले तत्काल नै कडाईका साथ एकरुपता ल्याउन सक्नुपर्दछ ।

अव मेशिन र प्रविधिको प्रयोग मात्र होइन नयाँ नयाँ मेशिन र प्रविधी निर्माण गर्ने तर्फ पनि ध्यान जानु अनिवार्य भएको छ । पाइलटसँगै हवाइजहाज वनाउने, ड्राइभर सँगसँगै गाडि निर्माण गर्ने, डाक्टरसँगै औषधी र प्रविधि निर्माण गर्ने शिक्षा नीति आवश्यक भएको छ ।

झट्ट हेर्दा यो अलि कठिनाईपूर्ण कार्य हो जस्तो लाग्न सक्छ । यस सन्दर्भमा क. लेनिनको एक सम्वादलाई यहाँ सम्झनु वडो सान्दर्भिक हुने छ । कमरेड लेनिन पहिलो पटक पक्राउ पर्दा उनलाई लिएर जाने प्रहरी अधिकृतले सोधेका थिएरे, “कि तिमीले यस्तो दुस्साहस किन गरेको ? तिमीलाई थाहा छैन तिम्रो अगाडि ठूलो पर्खाल उभिएको छ भन्ने कुरा ?” त्यसको प्रतिउत्तरमा क. लेनिनले यसो भनेका थिएरे “मलाई राम्रोसँग थाहा छ, मेरो अगाडि ठूलो पर्खाल उभिएको छ । र मलाई यो पनि अझ राम्रोसँग थाहा छ कि यो पर्खाल यति पुरानो र मक्किएको छ यदि यसलाई एक मुक्का प्रहार गर्ने हो भने यो गल्र्यामगुर्लुम ढल्छ । यसकारण मैले यो साहस गरेको ।”

हो आज हामीले पनि समाजवाद निर्माण गर्ने महान अभियानमा कमरेड लेनिनले भने झैं साहस गर्ने वेला भएको छ । त्यही प्रकारको आट गर्ने वेला भएको छ । सामाजिक क्रान्तिको उपलब्धीलाई संस्थागत गर्ने हो भने शिक्षामा क्रान्ति ल्याउनु अनिवार्य भएको छ । जसको लागि अव हामीले निम्न सवालमा जोड दिनु पर्ने छ ।

१. हाम्रो शिक्षासँग अनिवार्य सीप जोडिनुु पर्दछ । सीप श्रममा वदलिनु पर्दछ । श्रम गरेकोमा गौरव गर्ने संस्कार सँस्कृति विकास गर्नुपर्दछ । हाम्रो शिक्षित जनशक्ति वजारमा विक्न सक्ने र समाजमा टिक्न सक्ने खालको हाम्रो शिक्षा नीति हुनु पर्दछ ।

२. गरीवी हाम्रो सामू अवरोधक भएर अएको छ । त्यो गरीवीसँग लडाई लड्नु परिरहेको छ । त्यो गरिवी हटाउनु भनेको व्यक्तिलाई सशक्तिकरण गर्नु हो, सवल र सक्षम वनाउनु हो । तर आज हाम्रो विश्वविद्यालयीय शिक्षाले केही गर्न सक्ने भन्दा पनि केवल पढ्न र लेख्न सक्ने मात्र शिक्षा दिइरहेको छ । अव हामीले खोजेको शिक्षा केवल साक्षरता मात्र होइन ? अव केही गर्न सक्ने शिक्षा आजको आवश्यक्ता हो ।

३. प्राविधीक शिक्षालाई विद्यालयीय शिक्षाबाट नै अनिवार्य वनाउनु पर्दछ । आजकाल प्राविधिक शिक्षाको वडो चर्चा हुने गरेको छ । तर हाम्रो प्राविधिक शिक्षा केवल प्रविधी र मेसिनको प्रयोग गर्ने खालको मात्रमा सिमित रहेको छ । आज पाइलट वन्नु, डाक्टर वन्नु, ड्राइभर वन्नु मात्र चाही प्राविधीक शिक्षा भैरहेको छ । र राज्यको लगानी पनि त्यसमा केन्द्रीत भैरहेको छ । अव हामीले त्यसका क्षेत्रलाई व्यापक रुपमा फराकिलो पार्नु परेको छ । अव मेशिन र प्रविधिको प्रयोग मात्र होइन नयाँ नयाँ मेशिन र प्रविधी निर्माण गर्ने तर्फ पनि ध्यान जानु अनिवार्य भएको छ । पाइलटसँगै हवाइजहाज वनाउने, ड्राइभर सँगसँगै गाडि निर्माण गर्ने, डाक्टरसँगै औषधी र प्रविधि निर्माण गर्ने शिक्षा नीति आवश्यक भएको छ ।

काम गर्नेलाई सम्मान र पुरस्कारको वातावरण सिर्जना गर्नुपर्दछ । एकतावद्ध संगठन र सशक्त युवा संघ वनाउनु पर्छ । संगनात्मक सिद्धान्तमा लेन अनुशासन थप्नुपर्ने भएको छ ।  मोड नआइकन साइडलाइट बाल्ने प्रवृतिको अन्तय गर्नुपर्छ ।  

४. श्रमको मूल्य भएको र उद्यमशिल वातावरण निर्माण गर्ने खालको शिक्षा नीति हुनु पर्दछ । आज शहरमा कुकुरलाई साँझ विहान सडक पेटिमा फोहोर गराउदै डुलाउनुमा चाँही शान हुन्छ तर एउटा फार्ममा वाख्रा चराउनु चाही निचता भैरहेको छ । त्यो पकारको संस्कृति निर्माण हुन दिनु हुदैन । डाक्टर, पाइलट, कुक, ड्राइभर वा कृषक जे भए पनि श्रम गरेकोमा सम्मान पाउनु पर्दछ । अव हाम्रा आर्शिवादमा पनि परिवर्तन गर्नु पर्दछ । गराई खाएस होइन गरि खाएस हुनु पर्दछ ।

५. हाम्रो शिक्षा नीति संसारलाई हेर्ने, बुझ्ने र त्यसको व्याख्या गर्ने मात्र होइन, संसारलाई अझ उन्नतस्तरमा वदल्ने खालको दर्शनमा आधारित हुनु पर्दछ ।

६. आदर्श, निष्ठावान, दक्ष, सक्षम, उत्पादक र राष्ट्रभक्त नागरिक निर्माण गर्नु हाम्रो शिक्षाको मूलभूत उद्देश्य हुनु पर्दछ । शिक्षा मानव जीवनको व्यहारसँग निरन्तर गासिनु पर्दछ । वेला वेलामा जनताको जीवनसँग पनि हाम्रो शिक्षा जाचिनु पर्दछ । समाजलाई पनि एक पाठशाला मानी मूल्यांकन पद्धति हुनु पर्दछ । यस सन्दर्भमा कमरेड माओको भनाईलाई सापट लिनु सान्दर्भिक हुनेछ । “माक्र्सवाद कितावमा मात्र छैन । जीवनमा पनि छ । सिङ्गुवा विश्वविद्यालयमा विज्ञान र इञ्जिनियरिङ संकायसँगै कारखानालाई जोडिएको छ । विद्यार्थीले त्यहाँ किताव र काम दुवैबाट सिक्छन् । तर कला संकायका लागि भने साहित्य कारखाना, इतिहाँस कारखाना, अर्थशास्त्र कारखाना, अथवा उपन्यास कारखाना वनाउन सक्दैनौं । यिनीहरुको लागि सम्पूर्ण समाज नै कारखाना हो । यी संकायका विद्यार्थीहरु किसान र मजदुरसँगै हातेमालो गर्नुपर्दछ । सँगै कृषि र उद्योगमा पनि खट्नु पर्दछ । त्यसो नगरीए उनीहरुको ग्राजुयशनको कुनै तुक छैन । जस्तै कानुनका विद्यार्थीहरु समाजमा हुने अपराध वारे अनविज्ञ भए उनीहरु कानुनका कामलाग्दा विद्यार्थी हुनै सक्दैनन् । समाज नै तिनीहरुको कारखाना हो । विज्ञ र शिक्षित मानिसको पहिलो कर्तव्य भनेको कामदार, किसान र जनताबाट सिकेर आफूलाई शिक्षित पार्नु हो ।”
यो जनतालाई केन्द्रमा राख्ने पद्धति हो । जनता नै ठूलो पाठशाला हो । यो नै वास्तवमा जनवादी शिक्षा हो । तसर्थ निश्चित अवधि पढीसके पश्चात केही समय न्युनतम पारिश्रमिक समेत दिने गरी जनताको सेवा विद्यार्थीहरुलाई पठाइनु पर्दछ ।
२५ वर्षसम्म पढ्ने, २५ वर्ष काम गर्ने र २५ वर्ष रिटार्यड हुने सामाजिक पद्धतिलाई वदलेर अव हरेक व्यत्तिले ४ घण्टा अध्ययन, ८ घण्टा काम, ४ घण्टा मनोरञ्जन र ८ घण्टा आराम गर्ने परिपाटीको स्थापना गर्नुपर्दछ ।

९. आगमी निर्वाचनमा एमालेलाई वहुमत, राष्ट्रघाति गठवन्धन विरुद्ध उठाऔं जनमत

नेकपा एमालेको नीतिको वरिपरी नै राष्ट्रका अन्य पार्टी घुमिरहेका छन् । २०५१ सालको लागेप्रिय सरकारले ल्याएको कोसेलीको पोको करिव २० वर्ष यो देशले चाहेर वा नचाहेर वोक्यो । यसैगरी नेकपा एमाले प्रगतिशिल संविधान निर्माण गर्न खेलेको भूमिका र अध्यक्ष कमरेड केपि ओली नेतृत्वमा वनेको सरकाले निराश समुदायलाई उत्साह भर्ने सपना र ल्याएको थप नयाँ कोशेलीलाई अव सवैले वोक्नै पर्ने वाध्यता सिर्जना भएको छ । तर उक्त कोसेलीको पोको जसले वोके पनि उचित ठाउँमा विसाउछ कि लडाउछ हामीले ख्याल गर्नुपर्ने छ । उक्त कोसेली केवल वोकेर मात्रै हिड्छ कि जनतालाई वाड्छ हामी सचेत हुनुपर्नेछ । उक्त कोसेलीको पोकोमा के के छन् ? त्यसलाई कसरी जनतामा पु¥याउने भन्ने विषयमा युवा संघका हरेक कार्यकर्ता सचेष्ट हुनु जरुरी छ । त्यसैले किन एमाले, किन युवा संघ, कस्तो एमाले र कस्तो युवा संघ वनाउने भन्ने कुराको जानकारी गराउने गरी यस नाराको साथमा प्रत्येक निर्वाचन क्षेत्रमा कार्यक्रमको आयोजना गर्नुपर्दछ ।

सदस्यको व्यवसायलाई सहयोग गर्ने नेटवर्किङ्ग स्टाइल अपनाउने, सदस्यलाई विभिन्न व्यवसायिक तालिम दिने व्यवसायिक सहायोग केन्द्रको रुपमा रहनु पर्दछ । Help desk को रुपमा रहनुपर्दछ ।  समाजमा योगदान गर्ने, नमुना काम गर्ने संघ संस्था विद्यालय, कृषक तथा व्यक्तिहरुलाई सम्मान गर्ने Thanking club को रुपमा हाम्रो कार्यालय रहनु पर्दछ ।

१०. गुटवन्दी त्यागौं–उचित जिम्मेवारी वाडौं, नीति, निर्णय र नेतृत्व स्थापित गरौं ।

हाम्रो लक्ष्य समाजवाद हुदै साम्यवादमा पुग्ने हो । साम्यवाद त्यो चिज हो जसलाई रटेर सिकीदैन र सिकिदैमा मात्र पुगिदैन । योग्यता अनुसार काम र काम अनुसारको दाम पाउने अवस्थामा हाम्रो राष्ट्रलाई पु¥याउनु पर्नेछ । जसको लागि सुदृढ एमाले र सशक्त युवा संघ हुनुपर्ने छ । गैरमानवलाई मानव वनाउने काम, असमानतालाई समानता बनाउने कार्य कम्युनिष्टले गर्छ । किर्ते जालसाझी झेलवखेडाको सदैव कम्युनिष्ट पार्टी विरोध गर्छ । किर्ते गरेर जालझेल गरेर षडयन्त्र गरेर न्यायपूर्ण समाज निर्माण गर्न सकिदैन । त्यस प्रकारको प्रवृति फस्टाउनु भनेको गैर कम्युनिष्ट कार्यशैलीको विकास हुनु हो जसले संगठनलाई गुणात्मक रुपमा कमजोर पारिरहेको हुन्छ । संगठनभित्र वेलावखतमा देखापर्ने साँस्कृतिक विचलनले गर्दा आवसरवाद हामी भएको पाइन्छ ।

पद पाउदा मात्र काम गर्ने नत्र असहयोग गर्ने, सदैव अवसरको खोजीमा भौतारिने तर पार्टी काममा ध्यान नदिने, आवश्यक्ताभन्दा वढी आलोचना गर्ने, आफ्नै कमरेडसँग कमरेडेली व्यवहार प्रर्दशन नगर्ने, कमिटी बाहिर कुरा काट्ने, गुट–उपगुट निर्माण गर्ने, मनपर्दा देवत्वकरण गर्ने, नपर्दा नाङ्गेझार पारेर खुइल्याउने प्रवृतिको भण्डाफोर गर्दै अन्त्य गर्नुपर्दछ । आलोचनालाई नपचाउने, सजिलो काम गर्न हौसिने अफ्ठेरो कामबाट पन्छिने प्रबृतिलाई निरुत्साहित गर्नुपर्नेछ । काम गर्नेलाई सम्मान र पुरस्कारको वातावरण सिर्जना गर्नुपर्दछ । एकतावद्ध संगठन र सशक्त युवा संघ वनाउनु पर्छ । संगनात्मक सिद्धान्तमा लेन अनुशासन थप्नुपर्ने भएको छ ।  मोड नआइकन साइडलाइट बाल्ने प्रवृतिको अन्तय गर्नुपर्छ ।

विश्वमा कम्युनिष्ट पार्टी स्थापनाका २०० वर्ष पुरा हुदैछ । हामी कार्ल माक्र्सका द्वीशतवार्षिकी मनाउदै छौं । विश्व एक्काईसौं शताव्दीमा हिड्दै छ । २०औं शताव्दीमा विश्व कम्युनिष्ट आन्दोलनमा नीकै महान उपलब्धीहरु भएका देखिन्छन् । त्यही समयमा नै लेनिन, स्टालिन तथा माओ जस्ता महान नेताहरु पैदा भएका थिए भने विश्वभरी हजारौं कम्युनिष्ट नेताहरु उत्पन्न भएका थिए । संसारभरि नै हल्लाउने गरी रुस, चीन, पूर्वि युरोप, दक्षिणपूर्वी एसिया र ल्याटिन अमेरिकका कयौं देशहरुमा समाजवादी क्रान्तिहरु भएका थिए । उनीहरु समाजवादको वाटोमा अग्रसर थिए र त्यो विश्वभरि समाजवादी समाज निर्माण गर्ने महत्वपूर्ण आधार वन्दै थियो । तर उक्त उपलब्धी इतिहासको विरासतमा सिमित हुदै गइरहेको छ । पहिले समाजवदी देश भनेर विश्व कहलिएको देशमा पनि पुजिवाद पुनःस्थापित भएको छ र विश्व कम्युनिष्ट आन्दोलनले यतिखेर रक्षात्मक हुनुपरेको छ, अस्तित्वको लडाई लडिरहुनु परेको छ । यो स्थीतिलाई विश्वभरका साम्राज्यवादीहरुले कम्युनिष्ट आन्दोलन र समाजवादको सधैंका लागि हार भएको अनि विश्वमा त्यसको कुनै भविश्य नभएको मीठो सपनाको रुपमा एक्काइसौं सताव्दीको उपहारको रुपमा लिइरहेका छन् ।

यस्तो विश्वपरिस्थितिका वावजुत नेपालमा कम्युष्टि पार्टीको वाहुल्यता र बहुमत जनमत रहेको छ । नेपाली कम्युनिष्टहरु एकिकृत हुने ठाउँमा दिनप्रतिदिन फुटपरस्त हुदै छन् । अव यो प्रक्रियालाई रोक्नुछ, एकिकृत कम्युनिष्ट पार्टी अनि ठुलो आकर्षक र जनप्रेमी पार्टी वनाउनुछ, २१औं सताव्दीको विश्वलाई लिड गर्ने माक्र्सवादी विचार जनताको वहुदलीय जनवाद हो भन्ने कुरा स्थापित गर्नुछ र विश्वका सर्वहारा श्रमजिवी जनताले आशा गर्न सक्ने नेतृत्व पनि यसै २१औं सताव्दीमा जन्माउने अठोट गर्नुछ । माक्र्सवादलाई अझ उच्च तवर समृद्ध पार्नुछ, ठुलाठुुला सालिक होइन, नयाँ नयाँ मान्छे निर्माण गर्नुछ । त्यसको निम्ति एकतावद्ध युवा संघको खाँचो छ र नीति निर्माणमा एकढिक्का हुने संकल्प गर्नुछ । विश्व श्रमजिवी वर्गको नेता हाम्रै वीचमा निकाल्ने अठोट गर्नुछ । हो त्यसैले तुच्छ गुटवन्दी त्याग्नु पर्छ । लडाई पुँजीवाद र समाजवाद वीच हो नाथे पदीय लोपसँग होइन ।

सवैलाई उचित जिम्मेवारी प्रदान गर्नुपर्छ । जिम्मेवारीलाई निरन्तर गतिशिल चेनको रुपमा लिई एकै व्यक्तिलाई कार्यकालको पूर्ण अवधीभर एकै जिम्मेवार दिने होइन निरन्तर फेरवदल गर्दै अगाडि वढ्नु पर्छ । राज्यको संयन्त्र अनुसार हाम्रा संगठनका विभाग र नेतृत्वको जिम्मेवारी हुनुपर्दछ । राज्यको अभ्यासबाट पनि सिक्नुपर्दछ । जस्तो कि कुनै सिडिओ, कार्यालय प्रमुख वा सचिवहरुलाई निश्चित अवधीको लागि मात्र निश्चित ठाउँको जिम्मेवारी दिइने गरिन्छ । उनीहरुलाई त्यसो गर्दा लामो अनुभव हासिल गर्ने मौका प्रदान भएको हुन्छ । हो अव हाम्रा विभागीय प्रमुखहरु, जिल्ला इञ्चार्जहरुलाई पनि प्रतिवर्ष एक क्षेत्रबाट अर्को क्षेत्रमा जिम्मेवारी दिदै कामको मूल्यांकन गर्नुपर्दछ । को आफ्नो को विरानो नठानी जिम्मेवारी वाड्नु पर्छ, निरन्तर मुल्यांकन गर्नुपर्छ, दण्ड र पुरस्कार गर्नुपर्छ जिम्मेवारीलाई उचित तवरले पुरा गर्नैपर्छ । हामी एकढिक्का हुदा हामीबीचबाट नै गतिशिल विचार र आशालाग्दा नेता जन्माउन र स्थापित गर्न सकिन्छ ।
माथिका नारालाई साथ दिने कार्यक्रमहरुको तर्जुमा गर्ने ।

जस्तै ः
१) उद्यमशिलता, युवा आन्दोलन र आगामि कार्यभार कार्यदिशाका विषयमा संघको ७५ वटा जिल्ला कमिटी स्तरीय वृहत अन्तरक्रिया आयोजना गर्ने ।
२) राष्ट्रिय सद्भाव, एकता, भातृत्व र सहिष्णुताको सन्दर्भमा एक जिल्ला एक साँस्कृतिक कार्यक्रम आयोजना गर्ने ।
३) शैक्षिक प्रमाण पत्रलाई धितो जमानत राखेर कर्जा प्रवाहको नीतिको लागि दवाव सिर्जना गर्ने । सो रकम वापत निश्चित तोकिएको क्षेत्रमा मात्र लगानी गर्न एजेण्डा तयार गर्ने ।
४) श्रमको सुचना युवालाई प्रदान गर्नेगरी श्रम सुचना केन्द्रको स्थापना गर्ने ।
५) चन्दा नउठाउने युवा संघ निर्माण गर्न दीर्घकालिन आर्थिक श्रोत खोज्ने । जस्तै ः पार्टीको नवयुग जस्तै युवा मासिक, राष्ट्रिय सञ्चार सञ्चालनको योजना वनाउने ।
६) सरकारी काममा कर्मचारीको ढिलासुस्ती र भष्ट्राचार विरुद्ध प्रभावकारी कामको थालनी गर्ने र कालोवजारी विरुद्ध अभियान निर्माण गर्ने ।
७) युवा उद्यमीहरुको राष्ट्रिय भेला गर्ने उत्कृष्ट व्यवसायिको सफलताको कथा प्रदर्शनी गर्ने ।
८) राष्ट्रिय उत्पादनलाई महत्व दिदै घरेलु उद्योग (साना उद्योग) उत्पादनको प्रदर्शनी गर्ने ।
९) सदस्यता विस्तार गर्ने, वरिपरी घुम्नेलाई भन्दा काम गर्नेलाई जिम्मेवारी र सत्पात्रलाई चिन्ने थाम्ने र खलपात्रलाई डाम्ने कार्य गर्ने । घुन प्रवृतिको अन्त्य गर्ने ।
१०) नियमित प्रशिक्षण आयोजना गर्ने केन्द्रदेखि गाउँ तहसम्म । हामी वडो दर्कने पानी जस्ता भएका छौं जसबाट मूल फुट्ने होइन वरु पहिरो जाने सम्भावना वढी छ, हामीलाई सिमसिमे पानीको जरुरत छ जो गहिरो गरी भिजोस चिसो वसोस र मूल फुटाओस ।
११) संविधान कार्यान्वयन र कार्यान्वयनका लागि आधार प्रस्तुत गर्ने कार्ययोजना पेश गर्ने । तत्काल संविधानमा प्रावधान भएअनुरुपको प्रान्तीय कमिटी र राज्य पुनःसंरचना आयोगले सिफारिस गरेअनुरुपको स्थानीय तहको संगठन निर्माण गर्ने ।
जुन कार्यको लेखाजोखा गर्ने काम कार्यालयको हो । तसर्थ अव हाम्रो कर्यालय अझ व्यवस्थित वनाईनु पदर्छ ।
कार्यालय व्यवस्थापन
काम गर्ने थलो, नेता कार्यकर्ताको भेटघाट हुने स्थान, संगठनको समस्त अभिलेख राखिने ठाउँ, नीति योजना निर्माण तथा बैठक सञ्चालन गरिने ठाउँ, सुचना प्राप्त गर्ने थलो, युवा तथा जनताको समस्या समाधान गरिने व्यवस्थित कमिटी प्रणालीको भौतिक रुप नै वास्तवमा कार्यालय हो ।
अव हाम्रा कार्यालयहरु
१.जनता र युवाहरु एक पटक पुग्नै पर्ने चासोको विषय वन्नुपर्छ ।
२. जनचासोका विषय, विकास निर्माणका, रोजगारीका क्षेत्रका सुचनाहरु कार्यालयमा हुनुपर्दछ ।
३.सुचनाको हक सम्बन्धि कुराहरु हाम्रा कार्यालयका भित्तामा र नेताका दिमागमा र डायरीमा रहनु पर्दछ । जस्तो कुन क्षेत्रमा बजेट कति गएको छ, सो वजेट कसरी कार्यान्वयन भइरहेको छ ? समयमा पूरा भएको छ कि छैन किन र कसरी ? भन्ने कार्य निरन्तर गरीरहने ।
४. सदस्यको व्यवसायलाई सहयोग गर्ने नेटवर्किङ्ग स्टाइल अपनाउने, सदस्यलाई विभिन्न व्यवसायिक तालिम दिने व्यवसायिक सहायोग केन्द्रको रुपमा रहनु पर्दछ । Help desk को रुपमा रहनुपर्दछ ।
५. समाजमा योगदान गर्ने, नमुना काम गर्ने संघ संस्था विद्यालय, कृषक तथा व्यक्तिहरुलाई सम्मान गर्ने Thanking club को रुपमा हाम्रो कार्यालय रहनु पर्दछ ।
अन्त्यमा,
आदरणीय कमरेडहरु,
पदिय दायित्व गौण कुरा हो, हामी जुन ठाउँमा छौं त्यहीबाट समाजको प्रगतिशिल रुपान्तरणमा योगदान गर्न तयार हुनुपर्दछ । त्यसपछि हामीले पद होइन पदले नै हामीलाई खोज्दै आउने छ । यसर्थ कमरेडहरु, म होइन हामी, श्रेय लिने होइन दिने, अह्राउने होइन सिकाउने, हाकिम होइन नेताको रुपमा काम गर्नुपर्छ । अध्ययनको विकास गर्नुपर्छ । समयको मूल्यांकन गर्नुपर्छ, नियमित परिस्कृत सुसंस्कृत हुने हिम्मत गर्नुपर्छ । यसो गर्दा मात्र जनता र सिंगो युवा संघकै विकास हुन्छ । हामीस“ग गर्विलो इतिहास छ, चुनौतिपूर्ण वर्तमान छ र आशालाग्दो भविष्य छ । यसर्थ हामीले चुनौतिका भिमकाय पहाड फोर्नु छ जसबाट भविष्यको सुनौलो ढोका खोल्नु छ । जुन काम हामी बीचको एकता, सहकार्यबाट सम्भव छ । तसर्थ हामीस“ग भएको नकारात्मक कुराहरु(अवगुणहरु)लाई घटाऔं, सकारात्मक कुराहरुलाई बढाऔं, हाम्रो एकता र निरन्तरतालाई गुणात्मक ढंगले बृद्धि गरौं अनि जिम्मेवारीलाई सहितवरले बाँडफाड गरौं । इतिहाँस निर्माण गर्ने जिम्मा हाम्रै हो । भविष्य हाम्रो हातमा छ ।

लालसलाम
धन्यवाद
कृष्णहरि के.सी.
केन्द्रीय सदस्य युवा संघ नेपाल

7259 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank