दुई समिति बनाउदै युवा संघको बैठक सकियो

मङ्लबार, चैत्र २०, २०७४



काठमाडौँ । युवा संघ नेपालको केन्द्रीय कमिटीको बैठक आगामी ३ र ४ मा बैशाख हुने भएको छ । त्यसअघि २ बैशाखमा सचिवालय बैठक बस्नेछ । मंगलबार सम्पन्न स्थायी कमिटीको बैठकले केन्द्रीय कमिटी र सचिवालय बैठकको मिति तय गरेको सचिव एवं प्रचार विभाग प्रमुख हस्तबहादुर शाहीले जानकारी दिए ।

बैठकले कम्युनिष्ट एकता सम्बन्धि कार्यनीति र कार्यदिशा बारे प्रतिवेदन तयार पार्न अध्यक्ष राजीव पहारीको संयोजकत्वमा समिति गठन गरेको छ । समितिमा पहारीसहित सचिवद्धय हस्तबहादुर शाही र नरेश शाही रहेका छन् । समितिले राजनीतिक, सैद्धान्तिक र सांगठनिक विषय समेटेर प्रतिवेदन तयार पार्नेछ । यस्तै आगामी कार्ययोजना बनाउन महासचिव किरण पौडेलको संयोजकत्वमा अर्को समिति पनि बनाइएको छ । समितिमा पौडेलसहित सचिव माधव बाँस्तोला छन् ।बैठकले बस्तुस्थितिबारे विस्तृत प्रतिवेदन तयार पार्न प्रदेश प्रमुखलाई निर्देशन समेत दिएको छ ।

49 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank