नेपाली प्राविधिक बजारमा ग्राहकको सन्तुष्टि बटुल्दै ‘योर कोशेली’

बिहिबार, जेष्ठ ३०, २०७६



यो प्रविधिको यूग हो । बढ्दो प्रविधीको प्रयोग साथै जनमानसहरुको प्रविधीप्रतिको लगाव्, यि दुवै कुराले मनिस र प्रविधिलाई परिपुरक बनाएको छ । मनिस सबेरै उठेर मध्यारतसम्म मोबाईल हेर्न रुचाउछ।  हरबखत ल्यापटप, कम्प्युटर या प्रविधिजन्य ग्याजेटसँग नै हुन्छ । सबैलाई सजिलो रुपमा छिटो छरितो सेवा जो चाहिरहेको छ । मानिसहरु घरमै बसेर सबै खालका सेवा लिन उत्सुक बन्दै छन् ।

डिजिटल समाज:

पहिले पहिले कुनै पनि उपभोग्य सामान लिन बिहान देखि बेलुकासम्म बजारमा हुने मानिसहरु अब मोबाइलबाट नै ती सबै कुरा होस भन्ने चाहन्छन । बढ्दो प्रविधीको माग अनि डिजिटल समाजको परिकल्पनाले समजलाई आधुनिकतातर्फ धकेली रहेको छ । आधुनिक समाज छिटोछरितो काम होस् भन्ने चाहन्छ । मानिसका विभिन्न आवश्यकताहरु परिपूर्ति गर्न प्राविधिक क्षेत्र पनि कोसिसरत छ । खाना, लत्ताकपड, उपहार र अन्य थुप्रै सेवाहरु अब प्रविधीसँग मानिसको हात हातमा पुगेको छ ।

ई-कमर्स उद्योग:

सामान्य मोबाइल एप्लिकेसनबाट दैनिक उपभोग गर्ने समानहरु घर-घरमा उपलब्ध हुन् थालेको छ । शिक्षा, स्वास्थ्य, जनचेतनामुलक सामग्रीहरुको पनि सहज उपलब्धता बढेको छ ।  विभिन्न ई-कमर्स उद्योग जस्तै: वेभपेज, वेभसाइट, मोबाइल एप्लिकेसनबाट यस सेवाको विस्तार बढीरहेको छ ।

ई-कमर्स उद्योगको क्रांति र बढ्दो विकाससँग मनिसहरुका इच्छाहरु र विकल्पहरूको पनि विकास भएको देखिन्छ। अझ विदेशी मुलुकहरुमा अनलाइन खरिदको माग अत्याधिक उच्च रहेको अनुसन्धानले देखाउँछ । प्रविधिको विकासको साथ नेपालमा पनि अनलाइन किनमेलको माग बढ्दै गएको छ। फरक फरक ईकमर्स उद्योगीहरु नेपाली बजारमा प्रतिष्पर्धात्मक रुपमा उत्रीएका छ्न ।

योर कोशेली :

यसै बीच छोटो समयमा ठुलो बजार लिन सफल योर कोशेली एउटा ई-कमर्स एप्लिकेसन नेपाली प्राविधिक बजारमा देखा परेको छ । जहाँ जोकोहीले पनि इन्टरनेटको सहज पहुँचमा रही केक, टेडि वियर, उपहारका सामग्रीहरु खरिद गर्न सक्नेछन् । बालबालिका तथा युवायुवतीका आवश्यकताहरुलाई मध्यनजर गरि विशेष सामानहरु वितरण गरिरहेको योर कोशेलीले काठमाडौंका साथसाथै पोखरामा पनि आफ्नो सेवा विस्तार गरिरहेको छ ।

छोटो समयमा उपलब्ध गराउनुपर्ने सामान र केहि समय पश्चात उपलब्ध गराउँदा हुने सामग्रीको वर्ग छुट्टाएर आफ्नो वेभसाइट मार्फत ग्राहकहरुलाई राम्रो सुविधा दिनु प्रमुख उद्देश्य राखेको योर कोशेली ग्राहकहरुको सन्तुष्टि  बटुल्दै छ । एक हजार भन्दा बढी ग्राहकहरुलाई सन्तुष्ट बनाइसकेको योर कोशेलीआफ्ना सामानको गुणस्तर र मुल्यमा विशेष ध्यान दिईरहेको छ ।

साथै सांस्कृतिक पर्व, मेला तथा चाडपर्वमा विशेष छुटमा सामानहरु वितरण गरिरहको छ । प्रयोगकर्ता मैत्री हुनुका साथै गुणस्तरीय सेवा र समयको ख्याल राखेर यस वेभसाइट आफ्नो सेवा विस्तार गरिरहेको छ । निकै सस्तो मूल्यमा होम डेलिभरीको सुविधा उपलब्ध गराउँदै आइरहेको योर कोशेलीअन्य इकमर्सको सुविधा दिइरहेका वेभसाइटहरु भन्दा प्रभावकारी रहेको खरिदकर्ताहरु बताउँछन् ।

बढ्दो प्रतिस्पर्धाका माझ योर कोशेलीका बजार व्यवस्थापक समुहले ग्राहकहरुको रोजाइको मूल्यांकन गर्दै साइटलाई गुगल र्यान्किङमा पनि अगाडी ल्याएको छन् । विभिन्न उपहार र केकको बढ्दो मागलाई मध्यनजरगर्दै ऊर्जावान आईटीका विद्यार्थीहरूले यसलाई सन्चलनमा ल्याएका हुन् ।

योर कोशेलीमा उपलब्ध सामानहरु: 

योर कोशेलीले अण्डा सहित, अण्डा रहित साथै सुगरलेस केकहरु वितरण गर्दै आइरहेको छ  । रेड भेल्भेट केक, ब्लुबरी केक, मदर्स डे केक, ह्याप्पी बर्थडे केक साथै ह्याप्पी एनिभर्सरी केक योर कोशेलीका केहि लोकप्रिय केकहरु हुन् ।

योर कोशेलीले विभिन्न आकार र परिमाणका टेडी बियर पनि वितरण गरिरहेको छ । सानोमा २५ इन्च देखि ठूलोमा ७ फुट सम्मका टेड्डी बियर योर कोशेलीमा उपलब्ध छन् ।

प्रेमिल सम्झनाको रुपमा उपहार स्वरूप टेडी बियरलाई आदानप्रदान गरें गरिन्छ । टेडी बियर  आफ्नो प्रेमी/प्रेमिका, पत्नी साथै हितौषी मित्रहरुलाई दिन सकिनेछ ।

केक र टेड्डी बियर बाहेक पनि योर कोशेलीले  पर्फ्युम, घडी, चकलेट, केक,  फुलको गुच्हछा, मूर्ति, स्टाइलिस मग र कप, प्रिन्टेड कुशन साथै उपहार कार्ड जस्ता  युवा पुस्ताले विशेष अभिरुची राख्ने सामानहरुलाई प्राथामिकता दिइरहेको छ ।

कसरी सम्पर्क गर्ने ?

इन्टरनेटको माध्यमबाट ग्राहकहरुले योर कोशेलीमा गएर सजिलोसँग आफूलाई चाहिएको सामान अर्डर गर्न सक्नेछन् । समयसमयमा विभिन्न अफर सहित ग्राहकसामू उपस्थित हुँदै आइरहेको यस वेभसाइटबाट हरकोहीले आफ्नो इच्छा अनुसारको सामान घरमै बसी बसी छोटो समयमा पाउन सक्नेछन् ।

विभिन्न प्रकारका गुणस्तरीय सामान खरिद गर्नका लागि योर कोशेलीले रकम भुक्तानीको लागि पनि सहजता अपनाएको छ । नेपालमै रहने ग्राहकहरुले ई-सेवाको माध्यमबाट रकम भुक्तानी गर्न सक्नेछन् विदेशमा रहने ग्राहकहरुको लागि स्विफ्ट मार्फत रकम भुक्तानी गर्ने व्यस्था गरिएको छ ।

आजै नै योर कोशेली(https://yourkoseli.com/)को सुविधाहरु उपायोग गरी मौकाको फाइदा  उठाउनुहोस् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank