अर्थमन्त्री खतिवडा किन जादैछन् आज दिल्ली

बुधबार, फाल्गुन ३०, २०७४



काठमाडौं । नेपाल सरकारका अर्थमन्त्री डा. युवराज खतिवडा आज बुधबार दिल्ली जादैछन् । आजदेखि हरियाणा राज्यको गुरुग्राममा शुरु हुने प्रतिआतंकवाद सम्मेलन २०१८ (काउन्टर टेरोरिज्म कन्फरेन्स) मा भाग लिन उनी दिल्ली जान लागेका हुन् ।

तीन दिने सो सम्मेलनको उद्घाटन सत्रमा कि नोट स्पिकर (मुख्य वक्ता) को रुपमा अर्थमन्त्री खतिवडा सहभागी हुँदैछन् । उद्घाटन सत्रमा गुहमन्त्री राजनाथ सिंहका साथ अर्थमन्त्री खतिवडाले मञ्च साझा गर्नेछन् ।

वाम गठबन्धनको नेतृत्वमा बनेको नयाँ सरकारका तर्फबाट भारत  जान  लागेका उनी पहिलो मन्त्री हुन् ।

डा. खतिवडा अर्थमन्त्री बन्नुका भित्री पाटा 

विहीबार नै फर्किने गरि जान लागेका अर्थमन्त्रीको द्विपक्षीय राजनीतिक भेटघाटको कार्यक्रम छ । आज साँझ सम्मेलनको उद्घाटन सत्र रहेको छ । अर्थमन्त्री खतिवडा आज अपरान्ह दिल्ली आएर विहीबार विहान फर्किने छन्।

ओलीको दुतका रुपमा डा खतिवडा प्रधानमन्त्री बन्नुअघि गोप्य रुपमा चीन गएका थिए ।

सम्मेलनमा खतिवडाले प्रतिआतकंवादबारेमा नेपालको धारणा राख्नेछन् । सत्तारुढ भारतीय जनता पार्टीनिकट थिंक ट्यांकहरुको संस्था इण्डिया फाउन्डेसनको आयोजनामा हुन लागेको सम्मेलनको चौथो संस्करणको विषय बैश्विक आतंकवादको परिवर्तित स्वरुप रहेको छ ।

नेपाल सरकारको अन्तिम समयको निर्णयपछि सम्मेलनमा सहभागी हुन अर्थमन्त्री खतिवडा जान लागेका हुन् । सामान्तः सुरक्षा चासोका यस्ता कार्यक्रममा गृहमन्त्री सहभागी हुने प्रचलन छ । गत वर्ष यही कार्यक्रममा तात्कालिन गृहमन्त्री विमलेन्द्र निधि सहभागी भएका थिए ।

132 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank