प्रधानमन्त्रीको अध्यक्षतामा १ बजे राष्ट्रिय योजना आयोग बैठक

बिहिबार, जेष्ठ १५, २०७७



काठमाडौं । राष्ट्रिय योजना आयोगले आज दिउँसो १ बजेलाई बैठक डाकेको छ । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्षको बजेट तयारी सकेर बजेट भाषणसमेत मुद्रण विभागमा छाप्न पठाएसँगै योजना आयोगले बैठक डाकेको हो ।

दिउँसो १ बजे योजना आयोगका अध्यक्ष तथा प्रधानामन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बालुवाटारमा डाकिएको बैठकमा योजना आयोगका सबै सदस्यका साथै अर्थमन्त्री डा. युवराज खतिवडा, मुख्य सचिव लोकदर्शन रेग्मी पनि रहनेछन् ।

प्रदेश मुख्यमन्त्री, सबै मन्त्रीहरू योजना आयोगका पदेन सदस्य रहन्छन् । पूर्ण बैठकमा मुख्यमन्त्रीदेखि सबै मन्त्रीहरूलाई बोलाउने गरिए पनि आगामी आर्थिक वर्षको बजेटबारे जानकारी लिनका लागि बिहीबार बैठक डाकिएको हो ।

अर्थमन्त्री डा. युवराज खतिवडाले दिउँसो ४ बजे आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै छन् । त्यसअघि योजना आयोग, राष्ट्रपति विद्यादेवी भण्डारी र मन्त्रिपरिषद्लाई अर्थमन्त्री खतिवडाले बजेटबारे जानकारी गराउनेछन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments