मन्त्री भट्टराई नेतृत्वको ‘सिड्नी र्याली’को चौतर्फी आलोचना

मङ्लबार, पुस २२, २०७६



अष्ट्रेलियाको सुरक्षाकर्मीहरूले योगेश भट्टराई नेतृत्वको भ्रमण वर्षको र्यालीमा रोक लगाएका छन् ।  भ्रमण वर्ष २०२० को आरम्भ गर्न मंगलवार सिड्नी शहरमा आयोजित जुलूसमा रोक लागेको हो ।

साउथ एसिया डट कम डट एयूका अनुसार आयोजकले र्‍याली आयोजनाका लागि सम्बन्धित पक्षसँग कुनै अनुमती नलिएको जानकारी दिएको छ ।

जुलूसको नेतृत्व पर्यटनमन्त्री योगेश भट्टराई, अस्ट्रेलियाका लागि नेपाली राजदूत महेशराज दाहाल, न्यु साउथ वेल्समा नेपालका महावाणिज्यदूत दीपक खड्का र भिक्टोरियामा नेपालका महावाणिज्यदूत चन्द्र योञ्जनले गरेका थिए ।

एनएसडब्ल्यूको इभेन्ट प्लानिङ युनिटले आयोजकलाई विभिन्न कारणसहित उक्त र्‍याली आयोजनामा रोक लगाएको छ । उक्त कार्यक्रम प्रचारप्रसार र व्यापारिक लाभमा आधारित भएको र र्‍याली आयोजनाका लागि कानूनको पालना नगरेको उल्लेख छ ।

प्रहरीले जुलूसमा भाग लिने सहभागीको संख्या हेरेर पनि त्यसलाई अनुमति नदिएको बताइएको छ । सहभागीहरूले सडकपेटीमा कब्जा जमाएर पैदलयात्रीहरूलाई अप्ठ्यारोमा पार्न सक्ने डर अधिकारीहरूले लिएका हुन् ।

अष्ट्रेलियामा यतिबेला इतिहासकै गम्भीर मोडमा छ । चार महिनादेखि लागिरहेको डढेलो अझैसम्म पनि नियन्त्रणमा आएको छैन । यस्तो अवस्थामा नेपालको पर्यटन वर्ष २०२० का प्रचारप्रसार मूलक कार्यक्रमको आयोजना गरेको भन्दै आलोचना समेत भएको बताइएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments