सचिवालय मार्फत नै समस्या समाधान गरौँ : मन्त्री योगेश

बिहिबार, बैशाख १८, २०७७



काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीमा योगेश भट्टराईले नेकपा भित्र देखिएको समस्या सचिवालय मार्फत नै हल गर्न सुझाव दिएका छन् ।

मन्त्री भट्टराईले बिहीबार ट्विट मार्फत भने,छरपस्ट भएर छिरिएको छलफल सचिवालय बैठक मार्फत घरभित्र प्रवेश गरेको छ । त्यहाँबाट बाहिर ननिकालौँ त्यता तिरै समाधान गरौँ । बजार बन्द छ पसल पसल नडुलौँ । संवाद, संवाद र फेरी पनि संवाद भन्दै सुझाव व्यक्त गरेका छन् ।
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र हाल विचित्रको खेल भइरहेको छ ।

yogesh

प्रधानमन्त्री केपी शर्मा ओलीले दुई विवादित अध्यादेश ल्याएसँगै विवादले उग्र रूप लिएको थियो । अध्यादेशबारे विवाद उत्पन्न भएपछि सरकारले तत्काल अध्यादेश फिर्ता लिइसकेको भए पनि नेकपा भित्र शक्ति संर्घष देखा परेको छ । प्रधानमन्त्री ओलीले अध्यक्ष र प्रधानमन्त्री पदबाट राजीनामा दिएर निकास दिनु पर्ने नेताहरूको अडान भएसँगै बुधवार साँझ नेकपा सचिवालयको बैठक बसेको थियो ।

नौ सदस्यीय नेकपा सचिवालयको बैठकमा प्रधानमन्त्री ओलीले आफू कोरोना सङ्क्रमणको अन्त्य पछि राजीनामा दिने र वामदेव गौतमलाई प्रधानमन्त्री अनि माधव कुमार नेपाललाई तेस्रो अध्यक्ष बनाउने प्रस्ताव ल्याएसँगै बैठक आगामी २० गते सम्मका लागि स्थगित गरिएको छ । प्रधानमन्त्रीको उक्त प्रस्तावसँगै नेकपा राजनीतिको रूप मोडिएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments