काल्पनिक समाचार सम्प्रेषण गरेर मित्र राष्ट्रको सम्बन्धमा खेल्न खोजियो: मन्त्री भट्टराई

मङ्लबार, पुस २२, २०७६



काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेश भट्टराई नेपाल भ्रमण वर्षको शुभारम्भ गर्न अस्ट्रेलियामा पुगेका छन् ।  मंगलबार  मन्त्री भट्टराई अस्ट्रेलियाको सिड्नीमा पर्यटन वर्ष उद्घाटनका क्रममा त्यहाँको सरकारसँग समन्वय नगरेको भन्दै विभिन्न सञ्चार माध्यमले समाचार प्रकाशित गरे ।

सुरक्षाकर्मीहरूले नेपाल भ्रमण वर्ष २०२० को आरम्भ गर्न मङ्गलवार आयोजित जुलुसमा रोक लगाएको भन्ने समाचारको खण्डन गरेका छन् । मन्त्री भट्टराईले फेसबुक पेज मार्फत समाचारको खण्डन गरेका हुन् । उनले भनेका छन् ,अस्ट्रेलियाको सिड्नीमा नेपाली राजदूतावासको आयोजना तथा एनआरएन लगायतका सङ्घ संस्थाको सहयोगमा नेपाल भ्रमण वर्ष २०२० को शुभारम्भ कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ ।

yogesh

एनएसडब्लु स्टेटका सभामुख सहित अस्ट्रेलियाकाे पक्ष र प्रतिपक्षी दलका साथै नगरपालिकाका प्रतिनिधि सहितको उपस्थितिमा भएको कार्यक्रममा उहाँहरूका तर्फबाट शुभकामना मन्तव्य पनि व्यक्त भएको थियो । मौन जुलुस मार्फत पर्यटन वर्षको प्रवर्द्धन पनि गरिएको थियो । भएको यही हो ।

उनले काल्पनिक र गलत समाचार सम्प्रेषण गरेर मुलुकको प्रतिष्ठा र मित्र राष्ट्रसँगको सम्बन्धमा किन खेल्न खोजिएको हो भन्दै प्रश्न गरेका छन् । साथै नियत गम्भीर रहेको उल्लेख गरेका छन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments