कार्यालय समयमा मोबाइल चलाए कारवाही: मन्त्री भट्टराई

आइतवार, भदौ १५, २०७६



काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराईले त्रिभुवन विमानस्थलका कर्मचारीलाई कार्यालय समयमा मोवाइल चलाए कारवाही गर्ने चेतावनी दिएका छन ।

आइतबार प्रशिक्षण कार्यक्रममा बोल्दै मन्त्री भट्टराइले कार्यालय समयमा मोबाइल चलाए कार्बाही गरिने बताएका हुन । उनले कार्यालय समयमा निदाउने, फेसबुक चलाएर बस्ने कर्मचारीको तस्वीर आफूले संकलन गरेको बताउँदै त्यस्ता कर्मचारीलाई कारवाही गर्नै चेतावनी दिएका हुन ।

मन्त्री भट्टराईले विमानस्थलका अनुशासनहीन कर्मचारीलाई कार्वाहीको दायरामा ल्याउन सिसिटिभी क्यामेराको थप व्यवस्था गर्ने पनि बताए ।

छ दिन सम्म चल्ने प्रशिक्षण कार्यक्रममा मन्त्री भट्टराइले सेवाग्राहीलाई ध्यान दिएर काम गर्न निर्देशन दिए । साथै उनले त्रिभूवन विमानस्थल मुलुकको इज्जतसँग जोडिएकाले अनुशासनको ख्याल गर्न सचेत गराएका छन ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments