योगेश भट्टराईलाई मन्त्री बनाउने तयारी !

बुधबार, अशोज २४, २०७५



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेकपाका नेता योगेश भट्टराई मन्त्री बनाउने तयारी गरेका छन् । अहिले रहेका कुनै मन्त्रीलाई हटाएर मन्त्री बनाउने विषयमा गृहकार्य भइरहेको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा नेता तथा सांसद योगेश भट्टराईलाई चाँडै मन्त्री बनाउने गृहकार्य भइरहेको खुलासा गरे ।

पाथीभरा समाज ताप्लेजुङले बुधबार काठमाडौँमा दसैँ तिहारसहितका चाडपर्वका अवसरमा गरेको कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले त्यस्तो खुलासा गरेका हुन् । उनले कसरी, कसलाई हटाएर मन्त्री बनाउने भन्ने विषयमा भने केही खुलाएन ।

हाम्रा अध्यक्ष केपी शर्मा ओलीले योगेशजीलाई मन्त्री बनाउँछु भनेको कुरा मैले युट्युबमा हेरेँ । उनले भने योगेशजीलाई मन्त्री बनाउने कुरामा, बाचा पुरा गर्ने कुरामा हामी दुवैजना प्रतिवद्ध छौँ ।’ स्रोतका अनुसार मन्त्रीको कामको आधारमा मन्त्रीहरु फेरबदल गर्ने तयारी छ ।

प्रचण्डले भने,‘प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओलीले चुनाव जिताएर पठाउनुहोस म मन्त्री बनाउँछु भनेर भन्नुभएकै हो । तर, विविध कारणले बनाउन बनाउन सकिएन । उहाँ मन्त्री बन्नुहुन्छ । म विश्वास दिलाउन चाहन्छु ।’

वामदेव बारे

प्रचण्डले काठमाडौं क्षेत्र नम्बर ७ मा उपनिर्वाचन हुने विषयमा पार्टीमा निर्णय हुन बाँकी रहेको बताएका छन्। प्रचण्डले उप निर्वाचनबारे आज विहान प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल समेत भएको जानकारी दिए।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank