प्रोक्सी वार बन्द गरौं :मन्त्री भट्टराई

बुधबार, असार १७, २०७७



काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीमा योगेश भट्टराईले पोक्सी वार बन्द गर्नु पर्न बताएका छन । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी बैठकमा पार्टी अध्यक्ष एवम प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेसँगै प्रधानमन्त्री ओलीले मन्त्रीहरुसँग छलफल र परामर्श गरेका छन ।

बैठक पछि मन्त्री योगेश भट्टराइले सामाजिक सञ्जाल मार्फत भनेका छन ,पार्टीभित्र देखिएका समस्याका बारेमा परामर्स गर्न स्थायी कमिटीका साथीहरुलाई अध्यक्ष तथा प्रम कमरेड केपी ओलीले आज बिहान बोलाउनु भयो । बाँकी नेता र सदस्यहरुसँगै पनि परामर्स गर्ने प्रमले बताउनु भयो जुन सकारात्मक छ ।

सहभागिहरुले कुनै पनि हालतमा पार्टी एकतालाई बचाउन्, अन्तरबिरोधको समाधानका लागि पहल गर्न, इतिहास् र नेपाली जनताले दिएको जिम्मेवारीलाई पुरा गर्दै पार्टीलाई थप नयाँ जगमा अझ सुदृढ र एकताबद्ध बनाउन सुझाव दिएकाे मन्त्री भट्टराइले उल्लेख गरेका छन । साथै उनले विश्वासको संकटलाई अन्त्य गरी हार्दिक र कमरेड्ली भावनाको विकास गर्न प्रधानमन्त्रीलाई सुझाब दिएकाे बताएका छन । चिज साकारात्मक दिशामा जाने आशा गरौ । प्रोक्सी वार बन्द गरौ । भन्दै मन्त्री भट्टराइले सुझाव समेत दिएका छन ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments