डा. गोविन्द केसीको अनशन शंकास्पद, खुला मञ्चमा वार्ता गर्न तयार छौँः योगेश भट्टराई

बुधबार, असार २७, २०७५



काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य योगेश भट्टराईले डा. गोविन्द केसीलाई वार्तामा आउन आग्रह गरेका छन् । राजधानीमा बुधबार आयोजित कार्यक्रममा भट्टराईले केसीको जीवनरक्षा र जायज माग पूरा गर्न सरकार र आफ्नो पार्टी तयार रहेको स्पष्ट पारे ।

Yogesh Bhattarai डा. गोविन्द केसीको अनशन शंकास्पद, खुला मञ्चमा वार्ता गर्न तयार छौँः योगेश भट्टराई

डाक्टर केसीको हठले समस्या समाधान हुन नसक्ने भन्दै भट्टराईले काठमाडौँ आएर उपचार गरिसकेपछि वार्तामा बस्न आग्रह गरे । ‘तपाई काठमाडौँ आउनुस् । वार्ता गर्न सरकार तयार छ । अनशन बसिरहनु पर्दैन ।’ उनले भने ।

जनताको शिक्षा, स्वास्थ्य, खानेपानी, रोजगारीजस्ता अधिकार दिन सरकार तयार रहेको जिकिर गर्दै भट्टराईले गोविन्द केसी कहिले काठमाडौँ र कहिले जुम्ला पुगेर अनशन बस्न नपर्ने बताए ।

उनले भने ‘गोविन्द केसीसँग बन्द कोठाभित्र होइन, खुला मञ्चमा बसेर वार्ता गर्न तयार छौँ । सबै टेलिभिजन बोलाएर प्रत्यक्ष प्रशारण गर्दै वार्ता गरौँ । यसका लागि अनशन तोड्नुस, स्वस्थ हुनुस् ।’

हरेक पटकको अनशन मेडिकल शिक्षाको भर्ना खुल्ने समयमा बस्ने गरेको भन्दै उनले केसीको अनशनको उद्देश्य नै शंकास्पद रहेको दाबी समेत गरे । जायज मागलाई सकारात्मक रुपमा लिन सकिने भएपनि केसीले नेपाल कम्युनिष्ट पार्टीका नेताहरूले लगानी गरेको कलेजलाई सम्बन्धन नदिने खेल खेलेको आरोपसमेत लगाए ।

आक्रोषित हुँदै भट्टराईले भने, ‘फलानो मेडिकल कलेजलाई सम्बन्धन देउ, ढिस्कानोलाई नदेउ भन्ने अधिकार गोविन्द केसीलाई कसले दियो ? देशभर नेपाली कांग्रेसका नेताहरूले १८ वटा मेडिकल कलेज खोल्दा चुप लागेर बस्ने, नेकपाका नेताहरूको कलेजले सम्बन्धन पाउने बेलामा अनशन बस्ने ? मनमोहनसँग के दुश्मनी छ ?’

अहिलेसम्म खुलिसकेका मेडिकल कलेजको पनि छानबिन गर्नुपर्ने भट्टराईको तर्क छ । संसदीय छानबिन समिति बनाएर सबै मेडिकल कलेजलाई छानबिनको दायरामा ल्याइने भट्टराईले बताए । ‘मेडिकल कलेज सञ्चालन गर्ने नेपाली कांग्रेसका नेताहरू राम्रो अनि नेकपाका नेताले मेडिकल कलेज खोल्न खोज्दा माफिया ?’ भट्टराईले भने ।

माथेमा प्रतिवेदन सुझाबमात्रै भएकाले हुबहु त्यसैका आधारमा नियम बनाउनुपर्छ भन्ने कुरा जायज नभएको उनको भनाई छ । नेपाल चिकित्सक संघले केसीको मागप्रति समर्थन जनाउँदै आन्दोलन गरेकामा भट्टराइले आपत्ति जनाए । ‘गोविन्द केसीलाई लडाएर अनशन बस्न लगाउने अनि आफू आन्दोलन गर्ने ? अरुको जीवनमाथि किन खेलवाड ? सक्नुहुन्छ भने तपाईहरु आफै अनशन बस्नुस् ।’ उनले भने ।

केसीलाई देवत्वकरण नगरौँ, उहाँकै कारण डाक्टर पढेर फर्केका विद्यार्थीको ज्यान गयोः डा. अधिकारी

 

मागबारे सरकार गम्भीर छ तर अनशन बसेर समस्या समाधान हुँदैनः राज्यमन्त्री अर्याल

 

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank