प्रधानमन्त्री र पर्यटनमन्त्रीको घर जाने विमानस्थल प्राथमिकतामा पर्छ: पर्यटनमन्त्री भट्टराई

मङ्लबार, मंसिर १७, २०७६



काठमाडौं । पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराईले व्यवासायीहरुलाई सरकारको मुख ताक्न छोड्नु पर्ने बताएका छन ।  मंगलबार झापामा आयोजित एक कार्यक्रममा बोल्दै पर्यटनमन्त्री भट्टराईले भने, पूर्वका व्यावसायीको व्यवसायिकता क्षमता कमजोर छ ।

सबै कुरामा सरकारको मुख ताक्ने स्वभाव अन्त्य गर्नुपर्‍यो ।  सरकारले जतिसुकै सुविधा सम्पन्न विमानस्थल बनाइदिए पनि व्यावसायी नै लागि नपर्ने हो भने सरकारले एकतर्फी गरेर मात्र पर्यटन क्षेत्रको विकास नहुने बताएका छन ।

पर्यटनमन्त्री भट्टराइले प्रधानमन्त्रीको घर र पर्यटन मन्त्रीको घर जाने दैलोको विमानस्थल प्राथमिकतामा पर्ने बताए । मनोवैज्ञानिक रुपमा भएपनि यी विमानस्थल प्राथमिकतामा पर्छन उनले भने । सरकारले आवश्यकतालाई मध्य नजर राखेर विकास र विस्तार गर्छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata