पर्यटनमन्त्री अष्ट्रेलिया भट्टराई प्रस्थान

आइतवार, पुस २०, २०७६



काठमाडौं । भ्रमण वर्षको शुभारम्भ गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराई अष्ट्रेलिया प्रस्थान गरेका छन ।  मन्त्री भट्टराई पर्यटन वर्ष २०२० सफल पार्न यहीँ पुस २२ गते सिड्नीमा आयोजना हुने भ्रमण वर्षको उद्घाटनका लागि पर्यटनमन्त्री गएराति त्यसतर्फ गएको पर्यटन मन्त्रालयका प्रवक्ता रुद्रसिंह तामाङले जानकारी दिए।

पुस २२ तारिखका दिन विदेशस्थित नेपाली दूतावासमा भ्रमण वर्षको उद्घाटन गरिने र दूतावास नभएका मुलुकमा गैरआवासीय नेपाली मार्फत उद्घाटन गरिने भ्रमण वर्ष सचिवालयले जनाएको छ।

भ्रमण वर्षको अन्तर्राष्ट्रिय शुभारम्भका लागि पर्यटनमन्त्री अष्ट्रेलिया उडेका हुन्। राष्ट्रमण्डल अष्ट्रेलियाका लागि नेपाली राजदूतावास क्यानबेराको आयोजना तथा महावाणिज्य दूतावास सिड्नी न्यू साउथ वेल्सको सहयोग सिडनीमा भ्रमण वर्षको भव्य समारोहबीच शुभारम्भ गरिनेछ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments