मन्त्री भट्टराईले सम्झे पूर्व पर्यटनमन्त्री अधिकारीलाई

बुधबार, भदौ ११, २०७६



काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले पोखरामा पुगेर दिवंगत पूर्वमन्त्री रविन्द्र अधिकारीलाई सम्झना गरेका छन ।

मन्त्री भट्टराईले पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको अवलोकन क्रममा दिंवगत संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री अधिकारीलाई सम्झेका हुन । मन्त्री भट्टराईले निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको सुचारु ढंगले निर्माण सम्पन्न गर्न निर्देशन दिएका छन ।

उनले भने, “यो आयोजना ६ महिना अगाडि सम्पन्न गर्छौं । यसले सिंगो मुलुकलाई विश्वास दिलाउँछ ।” गौतमबुद्ध र पोखरा विमानस्थललाई ध्यान दिँदै कमिटी बनाउनु पर्नेमा समेत उनले जोड दिएका छन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata