युवा संघको स्थायी कमिटी बैठक जारी

सोमवार, चैत्र १९, २०७४



काठमाडौँ । युवा संघ नेपाल स्थायी कमिटीको वैठक संघका अध्यक्ष राजिव पहारीको अध्यक्षतामा युवा संघ नेपालको केन्द्रीय कार्यालयमा शुरु भएको छ । वैठकको प्रमुख अतिथी संघका ईन्चाज पार्टी पोलिटव्युरो सदस्य महेन्द्र पाण्डे र बिशेष अतिथिमा पार्टी केन्द्रीय सदस्य सह ईन्चाज निरु पालको उपस्थित रहेको छ ।

पार्टी एकता अगाडिको वैठक भएको भएकाले महत्वका साथ हेरिएको छ । विगतको समिक्षा, भावी कार्यदिशा, एकता गर्दा संघको रणनीति कस्तो बनाउने, मातहतका कमिटीहरुलाई चुस्त र गतिशिल कसरी वनाउने, केन्द्रीय कमिटीको वैठक, संघका पदाधिकारीहरुको सम्पत्ति सार्वजनिक गर्ने, निक्रीय केन्द्रीय सदस्यलाई विदा दिने र केहीलाई थप्ने मुख्य एजेन्डामा छलफल जारी रहेको सचिव एवं प्रचार विभाग प्रमुख हस्तबहादुर शाहीले बताए ।

246 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank