रक्षामन्त्री जाने कार्यक्रम रोक्न वाइसीएलको चेतावनी

शनिबार, चैत्र १७, २०७४



काठमाडौँ ।  रक्षामन्त्री ईश्वर पोखरेलको प्रमुख आतिथ्यतामा हुने भनिएको शालिक अनावरण कार्यक्रम रोक्न वाइसीएल रामेछापले चेतावनी दिएको छ । वाइसीएल रामेछापका इञ्चार्ज टिका माल्बुके र सचिव मुकुन्दप्रसाद गौतमले संयुक्त विज्ञप्ती निकालेर रामेछाप लिखु–२ सैपुस्थित अरुणोदय मावि फेदीमा हुने भनिएको गणेशकुमार श्रेष्ठ तथा उज्वलकुमार श्रेष्ठको शालिक अनावरण कार्यक्रम तत्काल रोक्न माग गरेका छन् ।

उनीहरूको सफाई जनयुद्द कालमा तत्कालिन नेकपा माओवादीले गरेको र उक्त मुद्दा शान्ति तथा मेलमिलाप आयोगमार्फत मिलाउन राज्यले पहल गरिरहेको अवस्थामा उक्त व्यक्तिको शालिक बन्न नसक्ने र उनीहरू रामेछापको नभएकाले शालिक बनाउन नदिने तथा बनाए प्रतिकार गर्ने चेतावनी विज्ञप्तीमार्फत दिइएको छ ।

प्रतिकारको क्रममा हुने क्षतिको सामना गर्न आयोजकलाई चेतावनी समेत दिइएको छ । जिम्मेवार नेता उक्त कार्यक्रममा उपस्थित नहुन समेत आग्रह गरिएको छ ।

हेर्नुहोस् विज्ञप्ती

ycl ramechhap

 

118 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank