वर्षाको असर: यति एयरलाइन्सको जहाज धावनमार्गमा चिप्लियो

शुक्रबार, असार २७, २०७६



काठमाडौँ । राष्ट्रिय तथा अन्तराष्ट्रिय उडान लिएर काठमाडौं आइरहेका विमानहरु नेपाली आकाशमै रोकिएका छन् । शुक्रबार बिहान यती एयरलाइन्सको विमान अवतरणको क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा चिप्लिएपछी अन्य विमानहरु होल्डमा परेका हुन् ।

यति एयरलाइन्सको नाइन एन एएमएम कल साइन विमान अवतरणका क्रममा कोटेश्वरपट्टीको धावनमार्गमा चिप्लिएर घाँसे मैदान र धावनमार्गको आदि भागमा पुगेको विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले बताए  ।

विमान चिप्लिएर दुर्घटना भएपछि विमानमा रहेका तीन जना यात्रु घाइते बनेका छन् । उनीहरुको उपचार भइरहेको छ ।

टर्कीको इस्तानबुलबाट काठमाडौं आएको टर्किस एयरलाइन्सको विमान २०७१ फाल्गुन २० गते अवतरण गर्नेक्रममा विमानस्थलको धावनमार्गमा चिप्लिएको थियो  ।

यसैगरी एयर बंगलाको विमान धावनमार्गमा चिप्लदै ठूलो मानवीय नोक्सानी व्यहोरेको थियो । २०७४ फागुन २९ गते  दुर्घटनामा परि चालक दलका सदस्यसहित ४९ जनाको मृत्यु हुनाका साथै २२ जना घाइते भएका थिए । विमानमा चालक दलका चार सदस्यसहित ७१ जना सवार थिए । जसमा ३७ पुरुष, २८ महिला र दुई बालबालिका तथा चालक दलका सदस्य चार जना सवार थिए । तीमध्ये ३३ नेपाली, ३२ बंगलादेशी, एक चिनियाँ र एक माल्दिभ्सका नागरिक सवाररत थिए  ।

पटकपटक भइरहने दुर्घटनामा फेरी एकपटक यति एयरलाइन्सको घटना जोडीएर आएको छ । भारी वर्षाको कारण आजको दुर्घटना निम्तीसँगै विमानस्थलको रनवे प्रति फेरी एकपटक चिन्ता बढेको छ । यति एयरलाइन्सको विमान धावनमार्गमा चिप्लिएसँगै अनेकौं जहाजहरु आकाशमा फन्को मारीरहेका छन् ।  कोलकत्ताबाट आएको बुद्धको जहाज, बैंककबाट आएको थाई एयर, ढाकाबाट आएको विमान बंगलदेशको विमान पनि आकाशमै रहन बाध्य  भएका छन् । दोहाबाट आएको कतार एयरलाइन्सको जहाजले पनि अहिले आकासमा फन्को मारिरहेको छ ।

विमानस्थलमा कार्यरत इन्जिनियरका अनुसार विमानस्थल सुचारु गर्न युद्ध स्तरमा कार्य भइरहेको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank