पाँच दिन भित्र यातायात कम्पनी दर्ता गरिसक्न आग्रह

आइतवार, जेष्ठ ५, २०७६



काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले पाँच दिन भित्र यातायात कम्पनी दर्ता गरिसक्न यातायात व्यवसायीलाई आग्रह गरेको छ ।

महासंघ र सरकारबीच भएको सहमति अनुसार संस्था दर्ता ऐन २०३४ अन्तर्गत दर्ता भई यातायात सेवा सञ्चालन गर्दै आएका महाससंघका सदस्यलाई पाँच दिनभित्र कम्पनी दर्ता गरिसक्न आग्रह गरिएको हो ।

महासंघले आइतबार एक विज्ञप्ती जारी गर्दै कम्पनी दर्ता ऐन २०६३ को दफा ९ को उपदफा १ थप गरिएको १ (क) अनुसार कम्पनी दर्ता गर्न आग्रह गरेको छ ।महासंघले अबको पाँच दिन भित्र कम्पनी दर्ता नगर्ने व्यवसायीको जिम्मा लिन नसकिने बताएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata