बर्सेनि मर्छन् यार्सा टिप्नेहरु

शनिबार, बैशाख १५, २०७५

काठमाडौं । बहुमूल्य बुटी यार्सागुम्बा टिप्ने सिजनको सुरुवातमै यस बर्ष जिल्लाको साइपाल गाउँपालिका ३ का २० बर्षीय भीमबहादुर बोहराको हिमाली क्षेत्र फरालखेतमा हिउँले पुरिएर यसै साता मृत्यु भयो ।

यसपालि मर्नेमा उनी पहिलो हुन् । आठ नौ बर्षको उमेरमा अभिभावकहरुसँग यार्सा टिप्न गइरहने बोहरा यार्सा पाइने ठाउँमा हेरफेर गर्न जाँदा हिमपहिरोले पुरिएपछि बितेका हुन् ।

समाचारमा लेखिएको छ, घरको एक्लो छोराको मृत्युपछि परिवार शोकाकुल छ । यार्सा टिप्ने सिजनमा बर्सेनि २/४ जना मान्छेको ज्यान जानु यहाँका मानिसका लागि समान्य नै भइसक्यो । अन्नपूर्णपोष्टबाट

77 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank