‘देशका लागि पदक पक्का जित्ने छु’

बिहिबार, माघ १८, २०७४



जाजरकोटमा २०४९ जन्मिएका यामसाजन सुनार एक सय र दुई सय मिटर दौडमा आफ्नै रेकर्ड तोड्दै अन्तर्राष्ट्रियस्तरमा देशलाई चिनाउने अभियानमा छन् । नजिकिदो १३ औँ साफ गेममा पदक जित्ने लक्ष्यका साथ उनी त्यसको तयारीमा छन् । पाँचौ राष्ट्रिय खेलकुदमा उनले लङजम्पमा स्वर्ण पदक जित्न सफल भए । त्यति बेला उनी १५ वर्षका मात्रै थिए । स्वर्ण पदक जितेसंगै उनी सिङ्गापुरमा युथ एसियन खेलकुदमा भाग लिन गए । उक्त खेलमा उनले लङजम्जमा पाँचौ स्थान हासिल गरे । जिल्ला र क्षेत्रबाट खेल्दै आएका यामसाजनलाई नेपाल प्रहरी र नेपाल आर्मीबाट पनि खेल्ने अवसर मिल्यो । उनी भन्छन ‘मेरो प्रतिभालाई नेपाल प्रहरीले कदर गर्दै अफर ग¥यो । त्यसपछि मैले नेपाल आर्मीबाट पनि खेल्ने मौका पाएँ ।’

yamsajan

यामसाजनले ०६९ सालमा पहिलो रेकर्ड तोडे । सय मिटर दौडन उनले १०.३ सेकेण्ड मात्रै लगाए । त्यसअघि हिम चितुवाको रुपमा परिचित तिलकराम थारूले सय र दुई सय मिटल दौडमा एकछत्र राज गरेका थिए । तिलकको रेकर्डलाई तोडेपछि यामसाजन चर्चामा आए । त्यसयता उनको रेकर्ड अहिलेसम्म कसैले तोड्न सकेको छैन् । ‘अरु खेलमा भन्दा सय र दुई सय मिटर दौडको स्कोप छ । त्यसैले मैले यही दौडलाई रोजेँ ।’ उनी भन्छन् ‘अब १३ औं साफ गेम नेपालमा हुँदैछ । त्यसको तयारीमा छु, उक्त गेममा देशको लागि एउटा पदक पक्का जित्ने छु ।’

yam sajanनिम्न वर्गीय परिवारमा जन्मिएका यामसाजनलाई सानो उमेरमा खान लगाउनकै समस्या थियो । तर पनि उनका दाईको साथ र सहयोगले गर्दा राष्ट्रका लागि खेल्ने ठाउँमा आइपुगेको उनी स्मरण गर्छन । उनी भन्छन्, ‘मेरो दाई मेरा लागि भगवान हुन् । दाईले दुःख नगरेको भए म पढ्न र खेल्न पाउदिन थिएँ ।’ उनलाई कक्षा नौसम्म पढ्दा दुःख भएपनि १० कक्षादेखि भने सहज भयो । त्यो सहजता खेलबाटै प्राप्त भएको थियो । जिल्ला र क्षेत्रीय स्तरका खेलबाट नै उनले स्कुल र कलेजसम्मको पढाइमा छात्रवृत्ति पाएका थिए । अहिले नेपाल आर्मीमा अनुबन्धित यामसाजनले विएससीसम्मको अध्ययन सकेका छन् ।

प्रस्तुतीः बविता ढकाल

1050 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank